काठमाडौ —आज आषाढ शुक्ल एकादशी, घरघरमा तुलसीको बिरुवा सारिदै छ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुइचो लाग्ने गरेको छ ।
तुलसीको महत्व — जसलाई वैदिक परम्पराले ’विष्णुप्रियाः’ भनेर सम्मान गरेको छ,र त्यो केवल पूजा गर्ने बिरुवा होइन, त्यो आत्मा शुद्ध पार्ने शक्तिको केन्द्र हो। तर तुलसी घरमा हुनु मात्र पर्याप्त हुँदैन,
त्यो सहि तरिकाले हेरचाह गर्न सकिएन भने शक्तिशाली कुरा पनि शिथिल हुन सक्छ। त्यसैले, तुलसीसँग सम्बन्धित यी पाँच महत्वपूर्ण मानिएको छ ।