मुगु —कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन । कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वराा आज वीरेन्द्रनगरमा आयोजित समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका छन ।