काठमाडौ —राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको होबैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा चुनौतीलगायतका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था रहेको छ ।