सोमवार, साउन २५, २०८३
सोमवार, साउन २५, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • मन्त्रीमण्डल गठनमा ढिलाई भएपनि काम रोकिएको छैन,: मुख्यमन्त्री मंगलबहादुर शाही

मन्त्रीमण्डल गठनमा ढिलाई भएपनि काम रोकिएको छैन,: मुख्यमन्त्री मंगलबहादुर शाही

  • सोमवार, साउन २५, २०८३
मन्त्रीमण्डल गठनमा ढिलाई भएपनि काम रोकिएको छैन,: मुख्यमन्त्री मंगलबहादुर शाही

सुर्खेत—कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बिबिध कारणले मन्त्रीमण्डल गठन कार्यमा ढिलाई भएपनि मन्त्रालयका कामकाज नरोकिएको बताउनु भएको छ । मन्त्रीमण्डल गठन नहुदैमा मन्त्रालयका कामकाज रोकिन्छ भन्ने हुदैन मुख्यमन्त्री शाहीले भने नियमित काम भइरहेका छन । मन्त्रालयमा मन्त्री नभए पनि मुख्यमन्त्रीको हिसावले मैले सबैतिर निर्देशन दिएर कामकाज भइराखेका छन ।

अबको केही दिनमै कर्णाली प्रदेश सरकारले मन्त्रीमण्डलको पूर्णता पाउने उहाको भनाई छ । मुख्यमन्त्री शाहीका अनुसार संवैधानिक प्रकृया अनुसार कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त छिटो भयो, तर अन्य प्रदेशमा छलफल भइरहेको हुदा सबैतिर मिलाएर लैजाँदा राम्रो हुने भएकाले मन्त्रीमण्डल गठनमा ढिलाइ भएको हो । प्रदेश सरकार गठन प्रकृयामा केन्द्रको ३ बुँदे र विशिष्टिकृत अवस्था भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलो हुन गयो शाहीले बताउनु भयो ।

नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टीबीच मन्त्रालय र मन्त्रीको संख्यमा राजनीति भागबण्डा नमिल्दा मुख्यमन्त्री नियुक्त भएको दुई साता बित्न लागि सक्दा पनि कर्णाली प्रदेश सरकारले अझै मन्त्रीमण्डलको पूर्णता पाउन नसकेको छैन । कर्णाली प्रदेश सरकारको सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ एमाले चार मन्त्रालय र नेकपाले मुख्यमन्त्री बाहेक तीन मन्त्रालयको भागबन्डा हुनुपर्ने अडानले कर्णाली प्रदेशमा मन्त्रीमण्डल गठनमा ढिलासुस्ती हुदै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार