काठमाडौ —नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरसहितको संयुक्त टोलीले उद्धार प्रयास तीव्र पारेको छ। सुरुङमा प्रवेशका लागि आवश्यक ठाउँ बनाउन ब्लास्टिङ गर्ने सम्मका तयारी अघि बढाइएको छ।
उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुर सहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जनासहित ९० जनाको संयुक्त टोली परिचालित छ।
यसअघि उद्धार टोली दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’ सम्म पुगेको थियो। टोलीले त्यहाँ करिब २×३ फिटको प्वाल बनाएर डोरीको सहायताले तल झरेर सुरुङभित्र रहेका व्यक्तिहरूलाई बोलाउँदा कुनै प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ ।
तस्विर नेपाली सेना