काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह बालेनले यस विपद्को यस घडीमा हामीलाई मित्रराष्ट्रहरु बाट टेलिफोन, पत्राचार र सामाजिक सञ्जाल मार्फत सद्भावना सन्देश प्राप्त भइरहेको बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभामा रसुवा भोटेकोशी बाढीपिडित बिषयमा संसदमा सम्बोधन गदै प्रधानमन्त्री शाहले यस बिपत्तको दुःखद घडीमा अन्तर्राष्ट्रिय सद्भाव र सहयोगले बिपत्तसंग लडन बल मिलेको बताउनु भएको छ ।
बाढी प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय समुदायले समेत सहयोगका हात बढाउनु भएको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री शाहले संसदमा भने हालसम्म भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, चीन, अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, स्विट्जरल्यान्ड, सिंगापुर, दक्षिण कोरिया, जापान, यूकेलगायत मित्रराष्ट्रहरुले सहयोग गर्नुभएको छ
यसैगरी अन्तर्राष्ट्रिय विकास साझेदारहरु एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघलगायतले पनि सहयोग गरेको उहाले जानकारी गराउनु भयो । अझै, कतिपय मित्रराष्ट्र तथा संघसंस्थाहरुले सहयोगको प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले बताउनुभयो