शुक्रबार, अशोज २, २०८३
शुक्रबार, अशोज २, २०८३
  • होमपेज
  • कृषि
  • मुख्यमन्त्री शाहीको उद्घोष,कर्णालीलाई अर्गानिक र आत्मनिर्भर बनाउने अभियानमा छौँ,

मुख्यमन्त्री शाहीको उद्घोष,कर्णालीलाई अर्गानिक र आत्मनिर्भर बनाउने अभियानमा छौँ,

  • शुक्रबार, अशोज २, २०८३
मुख्यमन्त्री शाहीको उद्घोष,कर्णालीलाई अर्गानिक र आत्मनिर्भर बनाउने अभियानमा छौँ,

वीरेन्द्रनगर (सुर्खेत) — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीलाई अर्गानिक (जैविक) उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा सरकार निरन्तर लागिपरेको बताएका छन्।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको मौलिक पहिचान र कृषि क्षमतालाई उपयोग गर्दै प्रदेशलाई खाद्यान्न तथा कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पारे।
कर्णालीलाई पूर्ण अर्गानिक प्रदेशका रूपमा विकास गर्न रासायनिक मल र किटनाशकको प्रयोगलाई विस्थापित गर्दै स्थानीय जैविक प्रविधिलाई प्रवद्र्धन गर्ने नीति लिइएको उनले उल्लेख गरे । समीक्षा कार्यक्रममा मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालित विभिन्न कृषि, पशुपालन तथा सहकारी सम्बन्धी कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी रणनीतिबारे छलफल गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार