काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा भएका छन । समाचार कक्षबाटै पक्राउ गरिएका तीनै जना पत्रकार रिहा भएका हुन । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भइसकेको बताउनु भएको छ ।
पत्रकार रिहा भएको जानकारी दिँदै मन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले ‘प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्’ भनेका छन् ।
शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।