शुक्रबार, कार्तिक १४, २०८३
शुक्रबार, कार्तिक १४, २०८३
  • होमपेज
  • News
  • पत्रकार पक्राउ प्रकरणः कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न काग्रेस सभापति थापाको माग

पत्रकार पक्राउ प्रकरणः कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न काग्रेस सभापति थापाको माग

  • शुक्रबार, कार्तिक १४, २०८३
पत्रकार पक्राउ प्रकरणः कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न काग्रेस सभापति थापाको माग

काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारसंग माग गर्नुभएको छ । शुक्रबार साँझ एक बिज्ञप्ति जारी गर्दे थापाले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको जनाउनु भएको छ ।

विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेको उल्लेख गर्दे उहाँले आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो ।

बिज्ञप्तिको पूर्णपाठ

जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर सरकार ! विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।

समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ । आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो ।

नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी हो । नेपाली कांग्रेस सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको छ र अनवरत उभिने छ ।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन् । ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (च्गभि या ीबध) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (च्गभि दथ ीबध) तर्फ उन्मुख हुनु हो । सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भत्र्सना गर्दछ ।

हामी सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन जोडदार माग गर्दछौँ ।

जय नेपाल !

गगनकुमार थापा
सभापति

चर्चामा

सम्बन्धित समाचार