बुधबार, कार्तिक २६, २०८३
बुधबार, कार्तिक २६, २०८३
  • होमपेज
  • समाज
  • पूर्ववनमन्त्री शाहीले शुभ साइतमै लगाए भाइटीका

पूर्ववनमन्त्री शाहीले शुभ साइतमै लगाए भाइटीका

  • बुधबार, कार्तिक २६, २०८३
पूर्ववनमन्त्री शाहीले शुभ साइतमै लगाए भाइटीका

काठमाडौं — संघीय पूर्ववनमन्त्री ऐनबहादुर शाही ठकुरीले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहीले बुधबार विहान शुभ साइतमै बहिनीद्धोय भावना शाही मल्ल र सृजना शाही मल्ल सँग भाइटीका लगाएका हुन । पूर्वबनमन्त्री शाहीले काठमाडौ स्थित बागडोल आफनै निवासमा बहिनीको हात बाट भाइटिका लगाएका छन ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने बिहान ११ बजेर ६ मिनेटलाई भाइटीकाको उत्तम साइत भएको जनाएको छ ।
नेपालीहरुको महान दोश्रो पर्व तिहारको अन्तिम दिन आज भाइटिकाको धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहेको छ।
दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गर्ने चलन छ ।

चर्चामा

सम्बन्धित समाचार