बिहिबार, कार्तिक २७, २०८३
बिहिबार, कार्तिक २७, २०८३

राराले चुकाएको अवसर

  • बुधबार, कार्तिक २६, २०८३
राराले चुकाएको अवसर

पदम न्यौपाने, पाल्पा
रारा ताल र यसले सृजना गरेको अवसरका कारण मुगु जिल्ला प्रति आकर्षण थपिदै गएकोछ । तर मुगुका राजनीतिकर्मी, नेतृत्व र स्थानीय सरकारको दुरगामी दृष्टिको अभावले अपेक्षाकृत लगानी आकर्षण गर्न सकिएको छैन । यस लेखकको यस अगाडीको संक्षेपको आलेखमा पनि कतिपय पक्षहरु उल्लेख गरिएको थियो ।

विकास र तिव्र विकासको परिभाषामा अलमल्लमा परिरहेका मुगुका नेतृत्वहरु ऋहिले पनि भन्ने गर्छन –हिजोको तुलनामा अहिले धेरै सहज वनेकोछ , विकास हुदै गर्लानी ! यही सोच नै मुगुको अवसरको बुझाइमा ठूलो कमजोरी हो । साथै हरेक विकास सोंच र नियमित परियोजनालाइ रुपान्तरणका आधारको रुपमा लिइ प्रभावकारी सम्पन्नताको लक्ष्य लिने भन्दा आम्दानीको दृष्टिले हेरिने परम्परा कायम रहनु पनि हो ।

मगुको रुपान्तरणमा रारा र त्यहाँ पाइने जडीबुटी अनि खाद्य उत्पादनलाइ आधार बनाएर अवधारणा बन्न नसक्नु र आम मुगुवासीलाइ परिचालन गरी आम्दानीका परियोजना विकास गर्न सक्नु पर्ने हो तर त्यस्ता परियोजनामा कसैका ध्यान जान नसक्नु अर्को विडम्वना हो ।उल्लेखित अवधारणामा आधारित रहेर प्रारम्भ गरिएका केही पहलहरुलाइ अगाडी बढ्न नदिइएका केही पहल र केही भविष्यकालागि ठूलो प्रभाव पार्ने अवधारणा अगाडी बढाउन चासो नदिनुका केही उदारणहरु यस आलेखमा उल्लेख गर्ने जमर्को गरिएकोछ ।

रारा तालमा फोहर बढ्न थालेकाले २०६३÷०६४ सालमा तत्कालिन जिविसमा राराताल वरी परि कुनैपनि संरचना हटाउनुपर्दछ भन्ने आवाज आधिकारिक रुपमा राखि सकेपछि तत्कालिन जिल्ला विकास समितिको वैठक वाट ताल वरिपरिका संरचना हटाउने निर्णय भएको थियो ।

त्यसैगरी हाल काठमाण्डौ जिल्लाका प्रजिअ इश्वरी पौडेलले छलफलका क्रममा राराको विकासकालागि गुरु योजना बनाएको तर नीतिगत तहमा कुरा राख्न नसकेको जानकारी गराएपछि मैले तुरुन्तै राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. शंकर शर्मासंग फोन सम्पर्क गरी प्रस्तुतीकालागि समय उपलव्ध गराउन अनुरोध गरी केही समय पश्चात स्थानीय विकास अधिकारीद्धारा प्रस्तुती गरेको जानकारी समेत गराउनु भएको थियो ।

यो पहल पनि राराको दागो विकासकालागि एउटा पहल थियो तर त्यसको नीतिगत प्रभाव वारे प्रगतीयुक्त जानकारी प्राप्त भएन । यो अगाडी बढ्न नसक्नुमा स्थानीय विकास अधिकारी सरुवा भइ अन्यत्र जाने तर आउनेले सो अपनत्व नगर्ने साथै मुगुवासी नेतृत्वहरुले सोधखोज नगर्नु जस्ता कारण रहेको देखिन्छ ।

यसैगरी कर्णाली प्रदेश सरकारको लगानीमा रारा ताल वरी परि करोडौ लगानीमा टे«क टे«ल बन्दै गरेको तर त्यका विभिन्न स्थानमा चिया कफी पसल राख्ने कार्यपनि जरुरी छ भन्ने मुगुवाटै प्रतिनिधित्व गर्ने पूर्वाधार मन्त्रीलाइ समेत सम्पर्कगरी सम्झाएको भएपनि खासै उपलव्धि हुन नसकेको जानकारी छ । यसैगरी सो ट्रेलको तल माथी रंगिन विरुवाहरु लगाउने कार्यले केही वर्ष पश्चात राराको सुन्दरतामा ठूलो रुपान्तरण ल्याउने भएकोले बन मन्त्रालय मार्फत सो कार्य गर्न आफै स्वयमले प्रस्ताव तयार पारी संघीय सांसदलाइ अनुरोध गरिएको थियो ।

सो प्रस्तावमा माटो परिक्षण गरी सम्भव भए सम्म अमेरीका, बेलायत,अष्ट्रेलिया र क्यानडामा फाइने फल्स टुरिजममा योगदान गरेका रुख लगाउने र सम्वद्ध राष्ट्रका नेपाल स्थित राजदुतहरुलाइ बृक्षारोपण गराउने समेत उल्लेख थियो । यो प्रस्तावका सन्दर्भमा कुनै प्रगति हुन सकेन वा यो प्राथमिकतामै परेन । यदी यसो गर्न सकिएको भए र सम्भावना रहेको भए ती राष्ट्रवाट मुगुमा आउने पर्यटक संख्या बढ्ने मात्र नभइ सरकारी र गैरसरकारी वा नीजि लगानी बढेर जाने थियो ।

रारामा जाने पर्यटकले फर्किदा राराको उपहार स्वरुपका केही खाद्य उत्पादन र जडीबुटी खरिद गर्न सकुन भन्ने उद्धेश्यले जडीबुटी संकलन, प्रशोधन र प्याकेजिङकालागि जडीबुटी संकलन तथा प्रशोधन संकलन संस्था दर्तागर्न लगाइ केही काम गर्दा नगर्दै स्थानीयहरुद्धारा नै विभिन्न निकायहरुमा उजुरी गरी सो कार्यलाइ निरुत्साहीत गरियो र बन्द भयो । संस्था संस्थापकले पछि मसंग गुनासो गर्दै भने मलाइ निकै दुख दिए र बन्द गर्न बाध्य भएं ।

मेरो जानकारीमा रहे सम्म निज संस्थापकले स्थानीयहरुवाटै जडीवुटी संकलन गर्ने कार्य गरिरहेका थिए ।अर्को एउटा महत्वपूर्ण पहल जुन रारा अन्तर्राष्ट्रिय आकर्षणको थलो बन्ने थियो सो अगाडी बढाउन नसक्नु मुगुकालागि घाटा हो । त्यो हो तल्लो मिलिमा हाइअल्टीच्यूड गल्फ कोर्ट निर्माणको सम्भावना अध्ययनकालागि नेपाल सरकारद्धारा ५४ लाख विनियोजित रकमको सदुपयोग गर्न नसक्नु । यस परियोजना सानो ठूलो जुन रुपमा भएपनि जोडवल गरी निर्माण गर्न सकेको भए यसले रारामा धेरै ठूलो ढोका खोल्ने थियो ।

मुगुले आफूलाइ आफ्रनैपनमा स्थापित गराउने पहल बढी लाभदायक हुन्छ । तर त्यसकालागि बहस हुने गरेको देखिदैन । मुगुका उत्पादन र त्यहाँको जीवनशैली अनुसारको आतिथ्यमा आफ्नै पन वनाउन वा देखाउन सक्नुपर्दछ ।यसवाटै मुगुका हरेक बस्तु तथा सेवाको मुल्य अभिबृद्धि हुन सक्छ ।

मुगुमा अहिले पनि अधिकाशं ग्रामीण वस्तीहरु लघुजलविद्यूत र सौर्य वत्तिवाट उजेलो भइरहका छन् । तर त्यहाँका जनतामा

त्यस्ता उर्जा श्रोतहरु विस्थापन गरी राष्ट्रिय ग्रिडको खोजी गरिरहेका छन् । मुगुमा स्याउ उत्पादन राम्रो हुने गरेपनि स्याउको संकलन गरी स्टोरेज गरी वेसिजनमा विक्रिगर्न विभिन्न स्थानका भूमिगत स्टोरेजहरु मर्मत सम्हार गर्न सकेका छैनन् । साथै गुणस्तरिय स्याउका वेर्ना लगाउने र व्यावसयिकता दिने तर्फ अभियान बन्न सकेको छैन । यसकालागि अभियान रुपी बहस सुरु गर्न जरुरी छ ।

मुगुको दीगो विकासमा योगदान गर्ने र स्थानीयको सामाजिक आर्थिक रुपान्तरणको उद्धेश्य सहितका पहल सञ्चालन जरुरी छ । युवा पुस्ताको समयमै ध्यान जान जरुरीछ , यदी ढिला हुन जाँदा मुगु र राराले ठूलो अवसर गुमाइ सक्नेछ ।

चर्चामा

सम्बन्धित समाचार