शनिबार, कार्तिक २९, २०८३
शनिबार, कार्तिक २९, २०८३
  • होमपेज
  • News
  • काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा

काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा

  • शनिबार, कार्तिक २९, २०८३
काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा

काठमाडौं —नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं गोर्खाजमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम रोयल्स .े प्लेअफमा प्रवेश गरेको छ।

यस जितसँगै सुदूरपश्चिम रोयल्स एनपीएलका लगातार प्लेअफमा स्थान सुरक्षित गर्ने एक्लो टोली बनेको छ। लिग चरणमा कुल सात खेल खेलेको सुदूरपश्चिमले पाँच खेलमा जित र दुई खेलमा हार बेहोर्दै १० अंक जोड्यो। समान अंक भए पनि उत्कृष्ट रनरेट वा शीर्ष स्थानको आधारमा सुदूरपश्चिमले अंक तालिकाको शीर्षस्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको हो।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजलाई अन्तिम समयमा रोक्दै सुदूरपश्चिमले महत्वपूर्ण २ अंक बटुल्न सफल भयो। लिग चरणको अन्त्यसम्म उत्कृष्ट लय कायम राखेको सुदूरपश्चिम अब उपाधि भिडन्तका लागि प्लेअफमा उत्रिनेछ।

चर्चामा

सम्बन्धित समाचार