चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
काठमाडौ —चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द गरिएको निकुञ्जले जनाएको छ । वर्षात समयमा बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको निकुञ्जले जनाएको छ ।वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा बर्खातले बाढी आउने, […]