बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • देश
  • संघीयताले फेरियो कार्मारोङको स्वरुप

संघीयताले फेरियो कार्मारोङको स्वरुप

  • बिहिबार, मंसिर २६, २०८१
संघीयताले फेरियो कार्मारोङको स्वरुप

बिकासले फेरियो कार्मारोङको स्वरुप

मुगु —मुगु कार्मारोङ गाउँपालिका–९का ८३ बर्षिय भादुरे रोकायाको मुहारमा खुशी छाएको छ ।मालसमान किन्ने १८ बर्ष सम्म राजापुर सिसापानी पुग्दै पैतला ख्याएका उनले अचेल शहरको समान गाउँमै पुग्न थालेपछि मनमा खुशी छाएको छ ।
लत्ताकपाडा भाडाकुडा किन्न राजापुर जाँदा गाडी देखेका भादुरले अहिले गाउँमै जीप पुगेपछि छक्कै परेका छन ।उमेरले डाँडा माथिको जुन भईसकेको अबस्था गाउँमै नौलो बिकास सेवासुबिधा पुगेको देख्न पाउदा खुशी लाग्यो भादुरेले भने उहीले हामीले सारै दुःख कष्ट भोगेर जीवन बितायौं अब शहरको सुबिधा गाउँमै पुग्यो ।अचेल भादुर आफनै गाउँ छाइलबजार देखि जीप चढेर गमगढी पुग्दा अनौठो मान्न थालेका छन ।

उनले भने कल्पना नै नगरेको बिकास भयो ।भोटको नुन र शहरको चामल ओर्सादै आधा जुन बिताएका कार्मारोङ–२ का ७७ बर्षिय टाक्पा तामाङ अहिले घरमै बसेर सरकारको नुन र खाद्यको चामल खान पाएका छन ।कार्मारोङको पूलुमै नुन चामल पुग्न थालेपछि टाक्पा खुशी देखिएका छन । संघीयता लागु भएपछि धेरै दुःख पिडा अन्त हुदै गएको टाक्पाले सुनाए ।बृद्धाभत्ता झिक्न जन्म र मृत्यू दर्ता एक दिन हिडेर गमगढी पुग्ने कार्मारोङका स्थानीय अहिले वडातह र पुलू गाउँपालिका बाटै सेवासुबिधा प्रदान हुन थालेपछि महिला पुरुष खुशी देखिएका छन ।पहिले पैसा जम्मा गर्न झिक्न एक हिडेर गमगढी जान्थौ पुवा गाउँका कार्मा तामाङले भने पुलूमै राष्ट्रिय बाणिज्य बैंक आएपछि आर्थिक कारोबार गर्न सहज भयो ।पहिले औषधीको नाममा सिटामोल समेत देख्न नपाउने बिरामी बोकेर जिल्ला पुग्ने कार्मारोङका स्थानीय अहिले गाउँमै स्वास्थ्य उपचार गर्न पाएका छन ।कार्मारोङ र हिरिष्डेकको संयुक्त लगानीमा रिउस बगरमा १० शैयाको अस्पताल संचालन गरेपछि बिरामीलाई उपचार गर्न सहज भएको छ ।

उक्त अस्पतालमा जटिल रोगका उपचार बाहेक भिडियो, एक्सेर लगायत सेवा उपलब्ध गराइएको छ । रिउस बगरमा अस्पताल भएपछि हामीलाई औषधी गर्न सजिलो भयो पुलू गाउँकी मिज्जु तामाङले बताइन ।पहिले रोग लागे औषधी किन्न गमगढी जान्थ्यौ उनले भनिन अहिले गाउँमै अस्पताल हुदा रोग पनि लाग्न छोड्यो । कार्मारोङका १६ वटै बस्तीमा स्वास्थ्य उपचार केन्द्र स्थापना गरि उपचार सेवालँई भरपर्दो बनाइएको छ ।कादुरी नामक संस्था सित गाउँपालिकाले समन्वय गरि रिउस बगर बाट १ सय किलोवाटको बिद्युती उत्पादन गरि दिएपछि पूलु, पुवा, रिउस, भाले लगायत बस्तीका स्थानीय अहिले २४ सै घण्टा उज्यालो गर्न पाएका छन ।बिद्युतले गर्दा गाउँपालिका बाट स्थानीयलाई सेवाप्रबाह गर्न सहज भएको गाउँपालिकाका सुचना अधिकारी तीर्थराज शाहीले बताए ।बिद्युतले बैंकलाई आर्थिक कारोबार गर्न टेवा पुगेको छ । जिल्लाका चार वटा स्थानीयतह मध्ये कार्मारोङले ८५ लाखमा पुलुमा आफनै सुबिधायुक्त भवन निर्माण गरेपछि सेवाप्रबाहमा प्रभावकारिता देखिएको छ । नव निर्मित भवनमा बिद्युत ओल्डलिङ प्रबिधि मार्फत इन्टरनेट फ्रिवाइफाइ जडान गरिएको छ । बिद्युत र वाइफाइले गर्दा काम गर्ने कर्मचारी र सेवा लिने स्थानीय उत्साहित देखिएका छन ।सिमित गाउँपालिका भवन मात्र नभएर कार्मारोङले १ देखि ९ वटै वडाकार्यालय निर्माण गरि सेवा संचालनमा ल्याएको छ । गरिव दलित बिधार्थीलाई पढन सहज होस भने आवासिय बिद्यालय संचालन गरिएको छ ।

पहिले बिद्यालयमा नियमित हाजिर नहुँने शिक्षकहरु संघीयता पछि गाउँपालिकाले कडाई गरेपछि शिक्षकले धमाधम पढाउन थालेको स्थानीयको भनाई छ ।सिमित आवासिय बिद्यालय मात्र नभएर गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा उत्पादन गर्न गाउँपालिकाले कडा अनुगमन शिक्षक दरबन्दी पदपूर्ती भवन निर्माणमा जोड दिएको छ ।खोला देखि मुगु कर्णाली नदीका सबै काठेपूलु तुइन बिस्थापित गरि डेढ दर्जन झोलुंगे पूल निर्माण गरि पछि बिधार्थी स्कुल जान र महिला पुरुषलाई एक गाउँ देखि अर्को ठाउँ जान सहज भएको छ ।

प्रत्येक गाउँ जाने घोडेटो बाटो सुधार गरिएको छ ।यार्सा संकलन गर्न पाटन क्षेत्रमा जाने स्थानीयलाई कार्मारोङले यार्सा जीवन बिमा लागु गरेको छ । पाटनमा मृत्यू हुने ब्यक्तिका परिवारलाई ५ लाख बिमा दिने नीति लागु गरेको छ ।समुद्री सतह देखि करिव ४५ सय मिटर उचाईमा रहेको छायाँनाथ तीर्थस्थलमा कार्मारोङले शिब र पार्वतीको मूर्ती स्थापना गरि तिर्थालुलाई उत्साह थपेको छ ।भौगोलिक बिकटतालाई मध्येनजर गरि आफनो तीन बर्षे कार्यकालमा बजेटले भ्याए सम्म शिक्षास्वास्थ्य बिद्युत बिद्यालय सुधारमा बिशेष जोड दिएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।भौगोलिक बिकटतालाई आधार नमानेर जनसंख्याको हिसावले बजेट दिदा जनता आबश्यक पूर्ती गर्न मुश्किल भएको उनको भनाई छ ।समान ढुवानीमै बजेट सकिन्छ कसरी पूर्बाधारका योजना सफल बनाउने अध्यक्षले भने जनसंख्या नभएर भूगोलका आधारमा सरकारले बजेट दिने हो भने सोच अनुसार बिकास गर्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार