आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • देश
  • प्रचण्डको सचिवालय बाट गंगा दाहालले दिइन राजीनामा

प्रचण्डको सचिवालय बाट गंगा दाहालले दिइन राजीनामा

  • सोमवार, कार्तिक ३, २०८२
प्रचण्डको सचिवालय बाट गंगा दाहालले दिइन राजीनामा

मुगु —नेकपा माओबादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालय बाट गंगा दाहालले राजीनामा दिएकी छन । आफनो सामाजिक सञ्जालमा लेख्दै गंगाले निरन्तर आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टी माथि योजनबद्ध रुपमा प्रहार भइरहेको भन्दै संयोजक बाट राजीनामा दिएको बताएकी छन । मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन गंगाले भनेकी छन सधै सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहे तर दुख लाग्छ, उनले लेखेकी छन यो ठाउ नै त्यस्तै हो की जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ।
मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन् उनको भनाई छ । गंगाका अनुसार म, मेरा दिदीहरू र भाइलाई महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियौ ।
गंगा लेख्छिन पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहे । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु गंगाको भनाई छ । सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार