सुन्दर कर्णालीमा जन्मिएका महिलाहरु जीवन कथा दुखान्त छ प्राकृतिक सुन्दरता चिसो हावापानीमा हुर्किएका कर्णाली महिलाहरु दुःखका कथामा बाधिएका छन । । जहाँ कठोर भूगोल संग जुदेर महिलाहरु संघर्ष गरि रहेका छन । बिहान देखि मध्यरातसम्म घरधन्दा मेलापात र परिवारको जिम्मेवारी एक्लै धान्न महिलाहरु बाध्य छन । काम छल्ने पुरुषको बानीले महिलाको जीवन संर्घणको यात्रा कठोर बनाएको छ ।
पिठियू बच्चा हातमा गाग्री बोकेर पानी लिन पधेर मात्र होइन । कम्मरको पटुकीमा नुन खुर्सानी र रोटी बोकेर परिवारको लागि जीवन संर्घण गरि रहेका छन । पछिल्लो समयमा बिकास निर्माणमा कर्णालीका महिलाहरुको बढी सहभागीता देखिने गरेको छ । पुरुषहरू रोजगारीका लागि शहर र भारतका कालापहाड गएपछि महिलाहरु घरधन्दा देखि साबेल बृल्छा बोकेर सडक खन्न समेत तम्सिने गरेका छन ।
भौगोलिक विकटता र पूर्वाधारको अभाव
कर्णालीको पहाडी भूगोलका कारण सडक, यातायात र सञ्चारको पहुँच अझै गाउँसम्म पुग्न सकेको छैन । स्वास्थ्य चौकी वा विद्यालय पुग्न हिडनु पर्ने बाध्यता उस्तै छ ।
यसले गर्दा महिलाहरू सामान्य स्वास्थ्य सेवा र शिक्षा आर्जन सहजै गर्न पाएका छैनन । घरायसी काम (पानी पँधेरो, दाउरा–घाँस, मेलापात) का लागि दैनिक ६ देखि ८ घण्टा पैदल हिँड्नुपर्ने शारीरिक कष्टले उनीहरूको व्यक्तिगत विकासमा बाधा पुगेको छ ।
शिक्षामा न्यून
स्वास्थ्य र शिक्षाको क्षेत्रमा ४० प्रतिशतभन्दा बढी महिला अझै औपचारिक शिक्षाबाट वञ्चित छन् । दुर्गम जिल्लाहरूमा प्रजनन स्वास्थ्य र पोषणको अवस्था अझै कमजोर छ ।अभिभावकहरूमा अझै पनि छोरी त अर्काको घर जाने जात हो भन्ने परम्परागत सोच कायमै छ । छोरालाई निजी स्कुल तथा बोर्डिङमा पढाउने र छोरीलाई गाउँकै सरकारी विद्यालयमा पढाने चलन छ । छोरा भन्दा छोरीलाई घरधन्दा काममा बढी लगाउन चलन एथावत छ । पढाइको कमीले कर्णालीका महिला सरकारी सेवामा न्यून सहभागीता छन । गाउ“बस्तीम उपभोक्ता समिति होस वा बन समिति अर्थात बिद्यालय ब्याबस्थापन समित गठनमा महिलाले अध्यक्ष पद पाउन मुश्किल छन ।
महिनावारीका बेला विद्यालयमा शौचालय र स्यानिटरी प्याडको अभावले समस्यामा छन । अर्कोतिर बालविवाहका कारण बीचमै विद्यालय छोड्ने पनि दर्गम बस्तीमा बढी देखिएको छ ।
बालविवाह र बहुविवाहको प्रथा
कर्णाली प्रदेशमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण बन्दै गएको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १८ वर्ष नपुग्दै विवाह गर्नेको दर कर्णालीमा २१.१ प्रतिशत रहेको छ, । जुन राष्ट्रिय औसत १४.१ प्रतिशतभन्दा निकै बढी हो ।
कम उमेरमै विवाह हुनाले महिलाहरूको पढ्ने र आफ्नो करियर बनाउने कार्य बाट पछि धलेलिएका छन । कलिलो सानै उमेरमा आमा बन्न बाध्य छन । समाजमा अझै पनि लुकिछिपी हुने बहुविवाह प्रथा कायमै छन ।
आर्थिक परनिर्भरता र श्रमको अवमूल्यन
कर्णालीका महिलाहरू बिहान देखि साझ सम्म नियमित कृषि, पशुपालन र घरायसी काममा ब्यस्त हुने गरेका छन । तर उनीहरूको यो कडा श्रमलाई आर्थिक उत्पादनको रूपमा गनिँदैन । जमिन र सम्पत्तिमा महिलाको स्वामित्व नगण्य छ। घरको आर्थिक निर्णय (पैसाको परिचालन) पुरुषको हातमा हुने भएकाले महिलाहरू सानो–तिनो खर्चका लागि पनि पुरुषमाथि नै निर्भर हुनु पर्ने बाध्यता कायमै छ ।
छाउपडी प्रथा र अन्धविश्वास
महिनावारी र सुत्केरी हुँदा महिलालाई अपवित्र मानेर गोठ वा छाउकुडीमा राख्ने छाउपडी प्रथा कर्णालीमा अझै एथावत छ कानुनले यसलाई अपराध माने पनि सामाजिक र धार्मिक डरका कारण यो अझै पूर्ण रूपमा हट्न सकेको छैन । छाउगोठमा बस्दा अत्यधिक चिसाका कारण ज्यान जोखिम हुने गरेको छ
स्वास्थ्य र पोषणको कमी
कर्णालीका अधिकांश महिलाहरू आङ खस्ने, रोग बाट बढी पिडित छन । बिशेष गरेर साविकको कर्णालीमा करिव ७५ प्रतिशत महिलाहरु आङ खस्ने तल्लो पेट दुख्ने सेतोपानी बग्ने रोग बाट पिडित छन । आफनो समस्या राख्न लाज मान्ने चलनले रोग लुकाएर बस्ने गरेका छन । भौगोलिक विकटताका कारण समयमै सुत्केरी सेवा नपाएर अझै पनि कतिपय महिलाले अकालमा ज्यान गुमाउनु बाध्यता छ । बिगतको तुलनमा पछिल्लो समयमा केही सेवा प्रबाहमा सहज बन्दै गएपनि समस्या न्यूनिकरण हुन अझै सकेको छैन । पोखिलो खानेकुरा अभावले गर्दा कर्णालीमा महिलामा दुब्लो पालतो कम उमेरमै बुढयौलीपन चाउरी परेको अनुहार जस्तो देखिने गरेका छन ।
निर्णय र नेतृत्वमा कमजोर
भूमिका र जनसंख्याका हिसाबले महिलाहरू अगाडि भए तापनि घर समाज र राजनीतिको नीति निर्माण तहमा उनीहरूको सहभागिता कम छ । स्थानीय तहमा आरक्षणका कारण केही महिला प्रतिनिधिहरू चुनिए राज्यको प्रमुख निर्णायकतहमा अझै पुरुषको हालिमुहाली छ । महिलाको आवाजलाई कमजोर ठान्ने पितृसत्तात्मक सोचले गर्दा उनीहरू नेतृत्व तहमा स्थापित हुन पाएका छैनन ।