शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • देश
  • जलबिद्युत जडिबुटी र पर्यटन हाम्रा समृद्धिका आधार हुन ः वन मन्त्री शाही

जलबिद्युत जडिबुटी र पर्यटन हाम्रा समृद्धिका आधार हुन ः वन मन्त्री शाही

  • शुक्रबार, अशोज ११, २०८१
जलबिद्युत जडिबुटी र पर्यटन हाम्रा समृद्धिका आधार हुन ः वन मन्त्री शाही

काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाहीले जलबिद्युत जडिबुटी र पर्यटन हाम्रा समृद्धिको आधार भएको बताउनु भएको छ । बिहिबार काठमाडौ एसिमोडद्धारा आयोजित कार्यक्रममा वनमन्त्री शाहीले जलबिद्युत जडिबुटी र पर्यटन मुख्य समृद्धिको आधार भएको बताउनु भएको हो ।जलवायूको असरले पृथ्वीमा तापक्रम बढदै गएको पानीका श्रोतहरु सुक्दै जान थालेको मन्त्रीले भने अन्नबालीमा रोगका किराहरु फैलिदा किसानहरु साझा समस्या परेका छन
मन्त्री शाहीका अनुसार जलवायू न्यूनिकरणका निम्ति अध्यायन अनुसन्धान र बैज्ञानिक खोजी साझेदारी गर्न सिकाई आदान प्रदान गर्न र लगानी साझेदारी मार्फत हाम्रो प्रभावकारी थप अभिबृद्धि गर्न सक्छौ ।

जलवायू परिर्वतनले जैबिक बिबिधताको बढदो जोखिम र चुनौतीहरुले गर्दा हामीलाई दिगो बिकासका लक्ष्य प्राप्त गर्न ठूलो बाधा देखिन्छ मन्त्रीले भने पर्यापर्यटन जलबिद्युत पहाडी खेतीपातीको बैज्ञानिक खोजीमा पर्यवतीय क्षेत्रको नीतिगत बिषयमा सहकार्य गर्न सकिने सम्भावना रहेको छ ।जलबिद्युत जडिबुटी र पर्यटन हाम्रो समृद्धिका मुख्य आधार हुन मन्त्रीले भने दिगो बिकासका लागि हाम्रो यिनी आधारस्तम्भ हुन ।

पर्यावरणीय संरक्षण र पर्यावणीय सेवाहरुका अभिबृद्धि नै नागरिकको समृद्धिका आधार भएको उहा“को भनाइ रहेको छ ।हिन्दुकुश हिमालय क्षेत्रका बासिन्दाहरुले संरक्षण र उपभोग गर्ने साझा सांस्कृति सामाजिक र प्राकृति श्रोत रहेको मन्त्रीले बताउनु भयो । इसिमोडद्धारा आयोजित उक्त कार्यक्रममा रोयल गभरमेन्ट अफ भुटानका उर्जा तथा प्राकृति श्रोतमन्त्री ल्योन्पो जेम छिरिंग, इसिमोडका डाइरेन्टर पेमा ग्याम्सो, युनेपका वाताबरणीय तथा नीति प्रमुख बालकृष्न हिन्दुकुश हिमालय क्षेत्रका जैबिक बिबिधता प्राकृति वाताबरण बिज्ञका सहभागी रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार