काठमाडौ—नेपाल सरकारले जावलाखेल स्थित सदर चिडिया खानाको ब्याबस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठको सो निर्णयले गरेको वन तथा वाताबरण मन्त्रालयको निजी सचिवालयले जानकारी दिएको छ ।
राष्टिय प्रकृति संरक्षण कोषाई यस अघि नेपाल सरकारले २०५२ सालमा ३० बर्षका निम्ति सदर चिडिया खानालाई ब्याबस्थापनको जिम्मा दिएको थियो । उक्त अबधि सकिन थालेपछि पुन ब्याबस्थापनको लागि सरकारले प्रकृति संरक्षण कोषलाई नै दिन गरेको हो । तत्कालिन राणा प्रधानमन्त्री ‘जुद्धशमशेर जबराले सन १९३२ सालमा सदर चिडियाखाना स्थापना गरेका थिए ।
६ हेक्टर जमिन क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा १ हजार बन्यजन्तु रहेको कार्यालय प्रमुख सत्यनारायण शाहले बताउनु भयो । चिडियाखाना घुम्न आउनेलाई गल्फकार्डको ब्याबस्था गरेको उहाको भनाई छ । कार्यालय प्रमुख शाहका अनुसार दैनिक ३ हजार पर्यटकले चिडियाखाना अबलोकन गर्ने गरेका छन ।