सोमवार, भदौ ९, २०८२
सोमवार, भदौ ९, २०८२
  • होमपेज
  • समाज
  • जनैपूर्णीमा पर्वमा धामी नाच

जनैपूर्णीमा पर्वमा धामी नाच

  • शुक्रबार, साउन २४, २०८२
जनैपूर्णीमा पर्वमा धामी नाच

मुगु—मुगु जिल्लाको बिभिन्न गाउँबस्तीको घर आँगनमा जनैपूर्णीमामा धामी झाँक्रीहरुको मेलाले रौनक देखिने गरेको छ ।गत बैशाख पूर्णीमा देखि अन्त भएको यहाँका देवी देउताको पूजापाठ नाच तिर्थ ब्रर्त जनैपूर्णीमा देखि शुभारम्भ हुने गरेको छ । स्थानीयले जनैपूर्णीमा पर्वलाई साउने पूनी मेला भनेर मनाउने गरेका छन ।उक्त मेलामा महिलाले चुलोचौको घर लिपपोत गर्ने कुल देउताको मठमा दियो धुप बालेर अक्षेता भेटी चढाउने गर्छन ।
गत एकादशी बाट धामी झाँक्री सहित छायाँनाथ, ऋणीमक्ष, खेस्मामालिका, चौराल्लीमाई, दुधेदह, मालिका लेक लगायत धार्मिक पिठमा पुजापाठ गर्न गएका तिर्थालुहरु जनैपूर्णीमामा गाउँमा फर्केर देबी देउताका झाँक्रीहरु धुमधामको साथ दिनभर नाचेर रमाइलो गर्ने चलन छ । धामी झाँक्री नाच्ने घर आँगनमा महिला पुरुष बालबालिकाको बाक्लो भीड लाग्ने गरेको छ ।

छायाँनाथ रारा नगरपालिकाको ८५ वटा गाउँबस्तीमा धामी झाँक्री नाचेर जनैपूर्णीमा मनाउने गर्दछन । श्रीनगर छत्यालबाडा, भामबाडा कुल देउता मष्टोका झाँक्री काँधमा बोकेर कर्णाली नदीको त्रिबेणीमा नुहाउन जाने र त्यहाँ बाट आएर छत्यालबाड, भामबाडा गाउँमा दिनभर नाचेर जनैपूर्णीमा मेला मनाउने चलन छ ।उक्त धामी नाच हेर्न प्रत्येक घरदैलो बाट महिला पुरुष बालबालिको भिड लाग्ने गरेको छ । जनैपूर्णीमा श्रीनगर छत्यालबाडा, भामबाडा कार्कीबाडा ढुममा झाँक्री मेलाले रमझम हुने भामबाडा गाउँका झाँक्री नन्दबहादुर मल्लले बताए ।छायाँनाथ, ऋणीमोक्षमाइ बाट तिर्थालु फर्किएर जनैपूर्णीमा यहाँका गाउँ गाउँमा धामी झाँक्री मेला लाग्ने मल्लको भनाई छ ।

नगरपालिकाको प्रसिद्ध थार्पमष्टो रहेको थार्प गाउँमा पनि झाँक्री मेलाको रौनक छाउने गरेको छ ।उक्त गाउँका मष्टो देवता सहित तिर्थालुहरु मालिका लेक तिर्थस्थानमा जाने र त्यहाँ बाट फर्किएर गाउँमा दिनभर नाचेर जनैपूर्णीमा मेला मनाउछन । उक्र थार्प मष्टो देउतालाई भाकल गर्न बरदान माग्न र खसी बोका चढाउन जिल्ला भित्र र बाहिर बाट भक्तजनको बाक्लो उपस्थिति हुने थार्प थाउँका पूर्बवडाअध्यक्ष चक्र सावतले कान्तिपुरलाई जनाए ।
रुघा गाउँका स्थानीयले जनैपूर्णीको दिनको बिहानै आफना कुल देउता झाँक्रीहरुलाई त्रिबेणी लगेर नुहाई धुहाई गरेर गर्ने र त्यहाँ बाट फर्केर गाउँ चार पाँच घण्टा सम्म नाचेर रमाइलो गर्ने गरेका छन । सोरु गाउँपालिकाको प्रया वडानं–१ देखि ११ सम्मका दर्जनौ बस्तीमा जनैपूर्णीमामा धामी झाँक्री मेला लाग्ने गरेको छ ।

पुरुमुरु गाउँमा गौरा इश्वर देउता मेला, कालै गाउँमा गोरुगउले देउता मेला, रुम गिलाहामा बिजयी देउताको मेला लाग्ने गरेको छ । उक्त मेलामा सहभागी देबि देउताको धामी झाँक्री सित स्थानीय महिला पुरुषले आफनो ग्रहदशा समेत हेराउने अन्यमा परेका ब्यक्तिले न्यायको लागि भाकल गर्ने समेत चलन छ ।जनैपूर्णीमामा गाउँबस्ती रमाइलो देखिने जताततै धामी नाच र बाजाले रमझम हुने सोरु गाउँपालिकाका जय कार्की सुनाए । शहर बजार क्षेत्रमा जनैपूर्णीमा भनेर चिन्ने गरेका छन उनले भने यहाँ हामी साउन पूर्णीमा मेला भन्ने चलन छ ।जनैपूर्णीमा देखि देबी देउताको पुनैपैठ सुरुवात हुने शाहीले जनाए सोरु गाउँपालिकाको भीइ सात गाउँमा पनि झाँक्री नाचले रमाइलो हुने गरेको छ । भीईमा प्रसिद्ध गुरादउताका झाँक्रीहरु जनैपूर्णीमा नाच्ने चलन छ । बिहानै धामी झाँक्री सहित कर्णाली नदीको त्रिबेणीमा गएर नुहाउने घण्टा चोख्याउने र त्यहाँ बाट फर्किए पछि गाउँमा बाजागाजा सहित धामी नाच्ने भीई गाउँका दलबीर कार्कीले बताए ।

भीइ सात वटै गाउँमा जनैपूर्णीमामा झाँक्री मेलाले रमाइलो हुने उनको भनाई छ । भीईमा सिमित गुरादेउता मात्र नभएर इश्वर देउता पनि उक्तिकै प्रसिद्ध हो । अन्य काले, समइजु देउताका झाँक्रीहरु पनि जनैपूर्णीमा नाच्ने गर्दछन ।
भीई गुरुदेउताको भाकल पुरा गन ग्रहदशा हेराउन र जग्गाको भामबण्डा रुष्ट स्थानीयहरु न्याय माग्न गुरुदेउता सित गुहार माग्न जाने चलन । फोतु, लिब्रु, भाटगाउँ, रावलबाडा बस्तीमा पनि झाँक्री मेला लाग्ने गरेको छ । लिब्रु गाउँको प्रसिद्ध गुरादेउता, कालिका मालिका देउताको मठमन्दिरमा पुजापाठ गरि धामी झाँक्री नाचेर रमाइलो गर्ने गरेका छन ।लिब्रु गुरादेउताका धामी नभएकोले अरु समइजुका झाँक्रीहरु बिहानै कर्णाली त्रिबेणी नदीमा गएर नुहाउने र त्यहाँ बाट फर्केर घरदैलामा नाच्दै फर्किने गरेका छन । भाटगाउँको प्रसिद्ध मष्टाधामी अमृत बुढा पनि मन्दिरमा पुजापाठ गरि नाच्ने गरेका छन । उता नेर गाउँमा पनि प्रसिद्ध महादेव देउताको पुजापाठ सहित धामी झाँक्री नाचेर जनैपूर्णीमा मेला मनाउने चलन छ ।

नेर गाउँमा जनैपूर्णीमा अर्थात साउन पूनी र कार्तिक बिजया पूर्णीमामा धामी झाँक्रीको मेला लाग्ने र उक्त नाच हेर्न बिभिन्न गाउँबतीमा स्थानीयको भीड लाग्ने महादेवका धामी कर्णजीत बुढाको भनाई छ । एकदशी देखि जनैपूर्णीमा सम्म धामीझाँक्री तिर्थस्थलतिर पुजापाठ गर्न जाने र गाउँमा महिला पुरुष बुढापाकाहरु रातभर देउडा चाचरी गीत गाउदै खेल खेलेर रमाउने चलन छ । गोठालाहरु पनि जनैपूर्णीमामा मेला मनाउन दुई तीन दिनको लागि घर झर्ने गरेका छन ।नगरपालिकाको बिभिन्न गाउँबस्ती रहेका देबी देउताका धामी झाँक्री पुरुष भन्दा महिलाको संख्या बढी देखिएको छ । जनैपूर्णीमा बिजयी पूर्णीमा पुरुष भन्दा बढी महिला नाच्ने गरेका स्थानीय देबिजंग बुढाले बताएस्थानीयतह वडाले पनि पुख्र्यौली धामी झाँक्री नाच मठमन्दिर निर्माण प्राथमिकता दिएका छन । बिभिन्न देबि देउताका जीर्णमठमन्दिर पुर्ननिर्माणको लागि बजेट समेत बिनियोजन गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार