बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • देश
  • देशका बिभिन्न स्थानमा भारी बर्षा जनजीवन अस्तब्यस्त

देशका बिभिन्न स्थानमा भारी बर्षा जनजीवन अस्तब्यस्त

  • शनिबार, अशोज १८, २०८२
देशका बिभिन्न स्थानमा भारी बर्षा जनजीवन अस्तब्यस्त

काठमाडौ — गएराति बाट देशका बिभिन्न स्थानमा लगातार भारी बर्षा हुदा जनजीवन अस्तब्यस्त भएको छ । ंबंगालको खाडी बाट बिकसित मौसम प्रणालीको असरले देशका अधिकास भागमा भारी बर्षा भएपछि जनजीवन अस्तब्यस्त बनेको छ । भारी बर्षाका कारण असोज २० गते सम्म सर्तक रहन मौसमबिदले सुझाव दिएका छन ।

जल तथा मौसम बिज्ञानका अनुसार देशका ४० वटा जिल्लामा बाढीको उच्च जोखिम रहेको जानकारी गराएको छ । अहिले बर्षाको दर बढदै गएको र राति अझै बढने सक्ने अनुमान गरिएको छ । मौसम बिभागका अनुसार सुनसरी, सिन्धुली, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाहीm रौतहट, बारा, पर्सा, दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक लगायत जिल्लाहरु बाढीको उच्च जोखिम छन राष्टिय बिपत्त जोखिम न्यूनकरण तथा ब्याबस्थापन प्राधिकरणले भारी बषाले बाढी पहिरो आउने भन्दै कोसी, मधेश, बागमती, लुम्बिनी, प्रदेका सबै जिल्ला चल्ने लामो दुरीका सवारी साधन समेत रोक लगाएको छ ।

खराब मौसम र सडकको अबस्थालाई मध्यनजरी गरि ट्राफिक प्रहरीले नागढुंगा चेकपोष्ट बाट बाहिरिने २५० वटा सवारी साधनलाई काठमाडौ तर्फ पठाएको छ । खराव मौसमका कारण त्रिभुवन अन्तराष्टिय बिमानस्थलले शनिबार दिउसो ३ बजे सम्मका लागि बन्द गरेको छ । बिपत्त प्रतिकार्यका लागि शसस्त्र प्रहरीका ७ हजार जनशक्ति परिचालन गरिएको छ । ६३ जिल्लामा माइकिङ्ग गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ । राष्टिय बिपद जोखिम न्यूनिकरण तथा ब्याबस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार ७ हजार ३ सय १५ शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

२६ वटा बिपद प्रतिकार्य बेश तयार गरिएको उनको भनाई छ । भारी बर्षाले गर्दा काठमाडौ उपत्यकका खोलाहरुमा पानी बहाव बढेको छ । त्यसै गरि काठमाडौ उपत्यकामा बाहिरिने र भित्र सवारी साधनलाई तीन दिन सम्म बन्द गरिएको छ । धान काटन बेला अबिरल बर्षा सुरु भएपछि किसान चिन्तित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार