बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • देश
  • प्रधानमन्त्री कार्कीको भिडियो,सन्देश सुरक्षित र सर्तक रहनुस आबश्यक सहयोग लिन अप्ठेरो नमान्नुस

प्रधानमन्त्री कार्कीको भिडियो,सन्देश सुरक्षित र सर्तक रहनुस आबश्यक सहयोग लिन अप्ठेरो नमान्नुस

  • आइतवार, अशोज १९, २०८२
प्रधानमन्त्री कार्कीको भिडियो,सन्देश सुरक्षित र सर्तक रहनुस आबश्यक सहयोग लिन अप्ठेरो नमान्नुस

काठमाडौ —प्रधानमन्त्री सुशीला कार्कीले अबिरल वर्षाका कारण उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै शनिबार साझ भिडियो सन्देश मार्फत देशबासीका नाममा नागरिक सुरक्षा नै सरकारको सर्बोपरि चिन्ता छ आबश्यक सहयोग लिन अप्ठेरो नमान्नुस भन्ने सन्देशमा उल्लेख गर्नु भएको छ ।देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन समेत प्रधानमन्त्री कार्कीले आग्रह गर्नु भएको छ । प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल समेत गर्नु भएको  .छ ।

हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौ धेरै स्थानमापहिरोको जोखिम छ । सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागि रहेको सन्देशमा भनिएको छ ।प्रधानमन्त्री कार्कीले भिडियो सन्देशमा भनेकी छन जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस । त्यसै गरि सन्देशमा सरकारी निकायले जारी गरेका सूचना अनुसार नै काम गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार