मुगु—जिल्लाको उत्तरी क्षेत्रमा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ ।मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँबाट देखिने कोईकी हिमाल गत कार्तिक ३ गते रिजन ट्रेक प्रालिको व्यवस्थापनमा अष्ट्रियाका ५ जना नागरिकले सफल आरोहण गरेका छन । आरोहण गरिएको उक्त कोइकी हिमालीको उचाई ६,१६९ मिटर अग्लो रहेको छ ।अष्ट्रियाका नागरिकले कोइकी हिमाल आरोहण गरेको खबरले सिंगो कार्मारोङबासी हर्षित भएका छन । ओझेलमा परेको कोइकी हिमालमा पहिलो पटक आरोहण गरेपछि पर्यटकिय प्रर्बद्धनमा टेवा पुग्ने आसा कार्मारोङबासीले गरेका छन ।
कोइकी हिमाल आरोहणका एक सहभागी अष्ट्रिया नागरिक सेन्द्रोकका अनुसार मैले संसारका थुप्रै हिमाल आरोहण गरे तर कोइकी हिमालमा उभिँदा बेग्लै अनुभूति भयो उनले भने यो हिमाल सफा, शान्त र सुन्दर छ ।यहाँका स्थानीयहरूका माया र आतिथ्यले हामीलाई निकै प्रभावित बनायो उनको भनाई छ । म फर्केर आफ्ना साथीहरूलाई यो हिमाल चढन प्रेरित गर्ने छु उनको भनाई छ । अहिले सम्म यो हिमाल आरोहण गरेको कसैले नदेखेका मुगुम गाउँका स्थानिय टासीछिरिङ तामाङले सुनाए ।चौरी झोवा घोडा चराउन कोइकी हिमालको फेद सम्म पुग्ने गरेपनि आरोहणमा गरेको देखेका थिएनन ।
कोइकी हिमाल आरोहण गर्ने नागरिक अत्यन्तै उत्साहित देखिएका छन ।आरोहि भन्छन हामी फेरि फर्कनेछौं । कोइकी हिमाल अब केवल प्राकृतिक शिखर होइन मुगुको गर्व, सम्भावना र पहिचानको प्रतिक बन्ने मुगुका पर्यटन ब्याबसायि राजु कार्कीको भनाई छ । रारा संगै कोइकी हिमालको पहिलो आरोहणले मुगु जिल्लाको पर्यटन क्षेत्रमा ढोका खोलेको पर्यटन ब्याबसायिको भनाई छ ।