झापा—मुगु जिल्लाका पत्रकार एवम क्याराभान खबर डट कमको संस्थापक अध्यक्ष राजबहादुर शाहीलाई साहित्य पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
झापा स्थित पाथीभरा अनलाइन टेलिभिजनद्धारा आयोजित पाथीभरा शनिबार साहित्य पत्रकारिता साधन सम्मेलन २०८३ मा अध्यक्ष शाहीलाई कदर पत्र सहित सम्मान गरिएको छ ।
बिगत तीन दशक देखि कर्णाली प्रदेशको हिमाली जिल्ला मुगु रहि ग्रामिण पत्रकारिता तथा साहित्य क्षेत्रमा दिर्घकालिन योगदान पुरयाए बाफत शाहीलाई सम्मान गरिएको पाथीभरा अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रर्बधन दिपक बिबस आसुले बताउनु भयो । सम्मान कार्यक्रम कर्णाली क्षेत्रको प्रतिनिधित्व गर्न पाउदा खुशी लागेको अध्यक्ष दिपकको भनाई छ ।
शाही सहित बिभिन्न क्षेत्रमा बिशेष योगदान गर्ने ४० जनालाई सम्मान गरिएको उहाको भनाई छ ।
बिगत बर्षहरुमा पनि बिभिन्न निकाय क्षेत्र बाट शाहीले बिशेष सम्मान पाइसक्नु भएको छ ।
द्धन्दकालमा अस्थायी शिक्षक पेसा छोडेर पत्रकारिता लागेका उहा“ले मुगुमा बिकास निर्माण, भोकमरी अभाव, जोखिम सुत्केरी, जडिबुटी, पर्यटन, मुगु सम्भावना, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा कलम चलाउदै आउनु भएको छ । स्वच्छ निष्पक्ष र लिडर रुपमा खोज पत्रकारिता क्षेत्रलाई पहिलो प्राथमिकता राखेर शाहीले मुगुलाई पत्रकारिता क्षेत्रमा बिशेष बिशेष योगदान पुरयाएका छन ।
शाही २०४९ देखि २०५५ सम्म इन्सेक रेडियो श्रोता क्लवको सदस्य, २०५७ देखि २०५८ सम्म अन्नपूर्ण पोष्टको मुगु संवादददाता र २०५९ देखि २०८१ सम्म कान्तिपुर मिडिया ग्रुपको जिल्ला संवाददाता र हाल कान्तिपुर टेलिभिजनको मुगु संवाददाता तथा बिगत दुई बर्ष यता देखि क्याराभान रिर्चस मिडिया प्रा लिका अध्यक्ष पदमा रहि काम गर्दै आउनु भएको छ
२०६७ सालमा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष समेत रहेका शाहीले संघीय पूर्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीका प्रेस सहयोगीको रुपमा काम गरि सक्नु भएको छ ।