काठमाडौ– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.धर्मदत्त सुवेदी,रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा.सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा.विनम्र विष्ट नियुक्त भएकी छिन। नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी,पारदर्शिता र सेवामुखी भावनाका साथ काम गर्न मन्त्री मेहताले आग्रह गरेकी छन । नव नियुक्त चार पदाधिकारीले नियुक्ति पत्र बुझेका छन्। बुधबार साँझ स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिष्ठानको रेक्टर धर्म सुबेदी, रजिस्ट्रार प्रकाशचन्द्र खत्री, निर्देशक विनम्र बिष्ट र डिन सन्दीप श्रेष्ठलाई नियुक्ति दिएकी हुन।