काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आगामी २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन ।
आज शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका हुन् ।महासभाको उच्चस्तरीय सामान्य बहस आगामी सेप्टेम्बर २२ देखि २८ सम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुँदैछ।
यस वर्षको महासभाको मूल विषय ‘विश्वास पुनस्र्थापना र रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ रहेको छ।
महासभामा प्रधानमन्त्री शाहले नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछिको निर्वाचन र वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम छ। साथै, नेपालले भोग्दै आएको जलवायु संकट र त्यसबाट हुने जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।