शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • देश
  • हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छ : चिनियाँ राजदुत

हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छ : चिनियाँ राजदुत

  • शनिबार, भदौ २७, २०८३
हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छ  : चिनियाँ राजदुत

काठमाडौ —नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै उनले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताएका हुन ।

राजदुत झाङले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सिमित नरहने भन्दै विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा जोड दिए।
कुनैपनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने उनको भनाई छ ।

राजदुत झाङले हिमाली विपद्को जोखिम न्युनिकरणका लागि नेपाल र चीनबीच जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम आगामी दिनमा थप गम्भीर बन्नसक्ने भएकाले पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार क्षमतालाई बलियो बनाउनुपर्ने राजदुत भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार