बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
  • होमपेज
  • News
  • काठमाडौ आइपुग्यो जुम्लाको अर्गानिक स्याउ

काठमाडौ आइपुग्यो जुम्लाको अर्गानिक स्याउ

  • मङ्लबार, भदौ ३०, २०८३
काठमाडौ आइपुग्यो जुम्लाको अर्गानिक स्याउ

                                                काठमाडौ भद्रकालिमा गोदाम गरि राखिएको जुम्ली स्याउ तस्विर क्याराभान खबर

काठमाडौ— यातायातको असहजतालाई पन्छाउँदै जुम्लाको ३ लाख केजी मौलिक तथा अर्गानिक स्याउ काठमाडौँ पुगेको छ । बर्खाको पहिरो हिलाम्य कर्णाली राजमार्गको जोखिम खेप्दै एक साताको लामो यात्रामा जुम्ली स्याउ काठमाडौ पुगेको छ । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले ३ लाख केजी खरिद गरि काठमाडौ पुरयाएको छ ।

स्थानीय कृषकहरूको उत्पादनलाई उचित बजार दिलाउने र उपभोक्तासम्म स्वच्छ, अर्गानिक स्याउ पु¥याउने उद्देश्यले सहकारीले जुम्लाको उत्पादन क्षेत्रमै खरिद गरि गाडी मार्फत ढुवानीको व्यवस्था मिलाएर राजधानी पुरयाएको छ ।

सहकारीका प्रर्बन्धक रत्नराज शाहीका अनुसार जुम्लाका स्थानीय किसानहरू बाट प्रति केजी ९० रुपैयाँदेखि १०० रुपैयाँसम्ममा स्याउ खरिद गरिएको हो ।
जुम्लादेखि काठमाडौँसम्मको लामो यात्रा, बाटोको अवस्था, इन्धन तथा ढुवानी खर्च, गाडी भाडा, प्याकेजिङ र सम्भावित नोक्सानी लगायत खर्चहरू जोड्दा काठमाडौ आइपुग्दा लागत बढेको शाहीको भनाई छ ।
राजधानीका उपभोक्ताहरूका लागि प्रति केजी २०० रुपैयाँदेखि ३०० रुपैयाँसम्ममा जुम्ला स्याउ बिक्री भइरहेको प्रर्बन्धक शाहीले जानकारी दिए । उक्त स्याउ अहिले भद्रकालिमा गोदाम गरि धमाधम बिक्री बितरण गरिएको छ । दैनिक १ लाख केजी बिक्री हुने गरेको सहकारीको भनाई छ ।

यसपटक राजधानी भित्र्याइएको स्याउ विभिन्न उच्च गुणस्तरका प्रजातिको रहेको सहकारीले जनाएको छ। जसमा रेड डेलिसियस, रोयल डेलिसियस, जोनाथन, गोल्डेन, र गाला लगायतका प्रजातिहरू रहेका छन्। जुम्लाको चिसो हावापानीमा प्राकृतिक रूपमा बिना रासायनिक विषादी उत्पादन गरिने भएकाले यी स्याउहरू स्वादिलो, रसिलो र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिएको चन्दननाथ बहुउदेश्यीय सहकारीले जनाएको छ ।

नेपालमा विदेशी स्याउको दबदबा कायमै रहेका बेला जुम्ली अर्गानिक स्याउले काठमाडौँका उपभोक्ताहरूको ध्यान आकर्षित गरेको छ।

यद्यपि, जुम्लादेखि राजधानीसम्मको ढुवानी प्रक्रिया अझै पनि चुनौतीपूर्ण रहेको छ। कर्णाली राजमार्गको जिर्ण अवस्था, पहिरो तथा सवारी साधनको अभावका कारण उत्पादन समयमै बजारसम्म पु¥याउन गाह्रो हुने गरेको छ। जसले गर्दा एकातिर किसानहरूले सोचेजस्तो मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताहरूले पनि महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सरकारी तथा निजी क्षेत्रबाट कृषि सडकको सुधार, शीतभण्डार (कोल्ड स्टोर) को व्यवस्थापन र सहज ढुवानी अनुदानको व्यवस्था हुनुपर्ने स्याउ उत्पादक किसानको भनाई छ ।

 

चर्चामा

सम्बन्धित समाचार