काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता ’नेपाल प्रिमियर लिग (एनपिएल)’ को आजबाट सुरु हुन गइरहेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सन्देशमार्फत यो प्रतियोगिता थोरै समयमै देशको एक ठूलो खेलकुद उत्सवमा परिणत भएको उल्लेख गर्नुभएको छ। उहाँले प्रतियोगितामा सहभागी हुन आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई नेपालमा हार्दिक स्वागत गर्नुका साथै नेपाली खेलाडीहरू, आयोजकहरू र नेपाल क्रिकेट सङ्घ (क्यान) लाई यस सुन्दर कार्यक्रमको सफलताका लागि शुभकामना दिनुभएको छ।
प्रधानमन्त्रीले आफ्नो सन्देशको अन्त्यमा “नेपाली क्रिकेट अमर रहोस भन्दै क्रिकेट खेलप्रतिको आफ्नो गहिरो समर्थन र सद्भाव प्रकट गर्नुभएको छ।