मुगु —मानो खाएर मुरी उब्जाउने महिना सुरु भएसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा धान रोपाईंको चटारो निकै बढेको छ । कर्णालीका प्रमुख नदी किनारका बेसीहरू, सुर्खेतको उपत्यका, जुम्लाका सिँजा र चौधबिस क्षेत्र, दैलेख, जाजरकोट, र सल्यान, मुगु, हुम्लाको तल्लो क्षेत्रका उर्वर धान फल्ने क्षेत्रका किसानहरू बिहानैदेखि बेलुकासम्म खेतमै व्यस्त देखिन्छन् ।
आकाशे पानीको भर पर्नुपर्ने बाध्यता र केही स्थानमा सिँचाइको उपलब्धतासँगै किसानहरूलाई यतिबेला खेतमै खाना खाने र खेतमै दिन बिताउने भ्याइनभ्याइ छ । हलिया, बाउसे र रोपारहरूको चहलपहलले ग्रामीण क्षेत्रहरूमा रमाइलो देखिएको छ । हिजोआज जुम्ला सिंजा क्षेत्रमा धान रोपाईको चटारो देखिएको जुम्ला कनका सुन्दरी गाउपालिका बिरबहादुर बुढाले बताए । खडेरीले पानीको अभाव भएपनि रोपाई किसान ब्यक्त रहेको उनको भनाई छ । त्यसै गरि मुगुतिर रोपाईका् चटारो छ । सोरु, गमगढी, क्षेत्रका किसानहरु धान रोप्न ब्यस्त छन यति बेला धान रोपाइको रौनक छ मुगु सोरुका दत्त बुढाको भनाई छ./
कर्णालीका जुम्ला, कालीकोट लगायतका क्षेत्रमा संसारकै सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धानको रोपाईं जेठमै सकिए पनि तल्लो बेसी क्षेत्रमा भने अहिले रोपाईं तीव्र छ । किसानहरूले पुराना रैथाने जातका धान भन्दा बढी फल्ने हाइब्रिड (उन्नत) जातका बीउ रोज्न थालेका छन् । जसले उत्पादन बढाए पनि रैथाने बालीको जैविक विविधता र स्वाद भने संकटमा पारेको कृषि विज्ञहरूको भनाइ छ ।
विगतमा धान रोपाइको बेला गुन्जिने लोकभाका, सुख–दुःखका कथा र मायाप्रेमका कुरा समेटिएका ‘असारे गीत’ भने पछिल्लो समय हराउँदै जान थालेका छन् । युवा पुस्ताको पलायनः कर्णालीका अधिकांश गाउँबाट युवाहरू रोजगारीका लागि मलेसिया, खाडी मुलुक वा भारत जाने क्रम तीव्र छ । गाउँमा बुढापाका र केटाकेटी मात्र बाँकी रहँदा पुराना संस्कृति पनि संकट पर्न थालेको छ । पहिले महिलाहरु धान रोपाइको बेला खेतमा गीत गाउने चलन थियो अहिले हराउदै गएको स्थानीयको भनाई छ ।
संस्कृतिविद्हरूका अनुसार असारे गीत केवल मनोरञ्जन मात्र नभएर नेपाली कृषि सभ्यताको एउटा महत्वपूर्ण अंग हो । यसको संरक्षणका लागि स्थानीय सरकार र युवा पुस्ताले चासो देखाउनु जरुरी छ ।
मुगुको कार्कीबाडा बस्तीका किसान खेतमा धान रोप्दै तस्विर सक्क बुढा मुगु ।