मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँ डिल्ले लामा चौरी चराउन र हेरचार गर्न लेक उक्लिने गरेका छन । उनले पालेका ३५ वटा चौरीको चरिचरन यार्चा टिप्ने क्षेत्रमा हुने गरेको छ सोही गाउ“का अर्का कुन्ग्याप लामाका २० वटा चौरी पनि पाटनतिरै छन । बुकि र यार्चा उम्रने स्थानमा चौरी चर्ने गरेको कुन्ग्यापले बताए । घोडा झोवा खच्चर भेडाबाख्रा बेसीतिर चर्ने गरेपनि चौरीले पाटनमै रुचाउने उनको भनाई छ ।
मुगुको सानो कोइकी, ठूलो कोइकी, रिमार, हाङदाङ खोला लगायत क्षेत्र चौरी चरनको रुपमा चिनिने गरेको छ ।
मुगम कार्मारोङ गाउ“पालिकाको १२ वटा बस्तीहरु मध्ये डोल्फू र मुगु गाउ“का स्थानीय चौरी चराउन पाटनतिर लैजाने गरेका छन । गाउ“पालिकाको तल्लो बस्ती डोल्फू, किम्री, ताखा, खारी, रिउस, पुवा, मह, माग्रीमा झोवा, घोडा पाल्ने गरेको छ ।
तल्लो बस्तीमा गर्मी हुने भएको चौरी पाल्न मुश्किल हुने पुलु गाउका छेवाङ लामाले जनाए । इतिहास काल देखि मुगु चौरी पालनको रुपमा परिचित छ ।
गाउ“मा करिव ५ सय संख्यामा चौरी छन भने डोल्फूमा दुई सय बढीको संख्यामा चौरी रहेको मुगम कार्मारोङ गाउ“पालिकाकाले जनाएको छ । घर पालुवा जनावर मध्ये चौरी उच्च हिमाली बस्तीमा जन्मिने र हुर्किने गरेको छ । पाटन क्षेत्रमा उम्रिने यार्चा चुन बुकि चौरीले खाने गरेको छ ।
हिमालतिर उक्लिएका चौरीले पानीको सट्टा हिउ पनि खाने गरेको छ । मुगु र डोल्फू गाउ“का स्थानीयले चैत बैशाख महिना देखि चौरीलाई पाटनतिर लगाउने गरेका छन ।
चर्न लेकतिर लगाएका चौरी मंसिरमा गाउ“तिर फर्किने गरेका छन । करिव ८ महिना चौरी लेकतिर चर्ने गरेको छ ।
घा“स खोज्दै समुद्री सतह देखि ४ हजार ५ सय मिटर उचाई देखि ५ हजार ५ सय मिटर उचाइमा चौरी पुग्ने गरेको छ । गाई,भैसी,घोडा भन्दा चौरी पाल्न समस्या छ गोठमा नबस्ने र पाटनतिर चराउन लगाउदा हिमपहिरो परेर मर्ने हुदा स्थानीयले चौरी पाल्न जोखिम खेप्नु परेको छ ।
महगो चौरी
अन्य घर पालुवा जनावरको तुलनामा चौरीको मुल्य असाध्यै महगो पर्ने गरेको छ । सानो चौरीको ५० हजार र ठूलो चौरीको ८० हजार मुल्य पर्दा गरिव स्थानीयले चौरी पाल्न मुश्किल हुने गरेको छ ।
आर्थिकमा कमजोर भएका ब्यक्तिले चौरी पालन गर्न नसक्ने मुगु गाउ“का सोनाम तामाङले बताए ।
चौरी पालन घटदै
जिल्लामा पछिल्लो समयमा चौरी पालन घटदै जान थालेको स्थानीयको भनाई छ । बुढापाकाहरुले चौरीलाई बिशेष प्राथमिकता दिएरु पाल्ने गरेको भएपनि अहिलेका युवा पिडितहरुले पाल्न छोडेका छन ।
पढाई लेखाई गरेपनि कोही जागिर खाने त कोही पैसा कमाउन बिदेशी तिर होमिन थालेपछि चौरीपालन घटदै गएको मुगम कार्मारोङ गाउ“पालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताए ।
स्थानीय शहर केन्द्रीत हुन थालेपछि चौरी ब्याबसाय घटदै गएको उनको भनाई छ अर्कोतिर युवाहरु चौरी चराउन हेरचाह गर्न कठिन मान्न थालेका छन ।
दुध दुहुन कठिन
बर्षको एक पटक ब्याउने चौरीलाई दुध दुहुन कठिन हुने गरेको छ । प्राय चौरी पाटनतिरै र ब्याउने भएकोले ठेकी लिएर दुध दुहुन मुश्किल हुने गरेको स्थानीयको भनाई छ ।
मुगु र डोल्फू गाउ“का स्थानीयले चौरीको बाछीलाई घरमै पाल्ने र आमालाई पाटनतिर पठाउने गरेका छन । कुडो मसिना घा“स खुवाएर चौरीको बाछी पाल्ने गरिन्छ । चौरीको आयू ३० बर्ष हुने र ९÷१० पटक ब्याउने सोनामको भनाई छ ।
ध्यू प्रतिमाना ९ सय रुपैया“ मुल्य पर्ने गरेपनि दुध दुहुननै कठिन हुने मुगु गाउ“का तामाङ जातिको भनाई छ ।
पुच्छर मह“गो
चौरीको पुच्छर र छाला पनि मह“गो मुल्यमा बिक्री हुने गरेको छ । चौरीको फुर्के अर्थात माथि सेता तल कालो भएको पुच्छर करिव २५ हजार मुल्यमा बिक्री हुने गरेको छ । चौरीको पुच्छर नेपाली बजारमै मह“गोमा बिक्री हुने गरेको छ । समान्य पुच्छरको ४ हजार देखि ५ हजार सम्म बिक्री हुने गरेको छ ।
चौरीको छाला तिब्बती बजारमा बढी बिक्री हुने गरेको तिब्बतीले छाला बाट बिभिन्न प्रकारका बस्तु बनाउने भएकोले छाला मह“गो हुने गरेको स्थानीयको भनाई छ
।
भारी बोक्ने चौरी
मुगु र डोल्फू गाउ“का आदिबासी जनजातिहरुले बिशेष गरेर भारी बोक्ने माध्यमा चौरी प्रयोग गर्ने गरेका छन तिब्बत बाट दैनिक उपभोग्य बस्तु नुन चामल होस या जुम्ला सिजा, सोरु खत्याड बाट धान गहु“ कोदो बोक्ने काममा चौरी प्रयोग गर्ने गरेका छन चौरी संगै झोवा पनि लैजाने गरेका छन चौरी पाल्नुको मुख्य उदेश्य टाढाको गरुगो भारी बोकाएर घरमा ल्याउनु हो डोल्फू गाउ“का च्वाछिरि तामाङले बताए ।
गरुगो भारी मानिस बोक्न नसक्ने भएकोले चौरी प्रयोग गर्ने गरिएको उनको भनाई छ । एक चौरीले ८० किलो सम्म बोक्ने गरेको छ ।
चौरी संरक्षणभेटनरी अस्पताल तथा पशु सेवा कार्यालयले गत चालु आर्थिक बर्षमा चौरी संरक्षण कार्यक्रम लागु गरेको छ । चौरी संरक्षण कार्यक्रम जिल्लामा प्रथम पटक संचालन गरिएको पशु सेवा कार्यालयले जनाएको छ । उक्त कार्यक्रमले स्थानीयलाई उत्साह बढाएको छ । चौरीपालन गर्ने ब्यक्तिलाई थप टेवा पुगेको छ ।