काठमाडौ —नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा ग्रीन रन आयोजना गरेको छ । उक्त कार्यक्रमको शुभरम्भ सभापति गगन कुमार थापाले गरेका छन ।
जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित कांग्रेसले आयोजना गरेको ग्रीन रनमार्फत जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यले पनि जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिएकाले बीपीको दूरदृष्टिलाई वर्तमान सन्दर्भसँग जोडेर कार्यक्रम आयोजना गरिएको हो।
बिहान ६ बजेदेखि ललितपुरस्थित यूएन पार्कबाट सुरु भएको ५ किलोमिटर प्रतिस्पर्धात्मक ग्रीन रन यूएन पार्क–बागमती करिडोर–थापाथली पुल–गुसिंगाल–सानेपा कालोपुल–सानेपा चोक–पुरानो शान्तभवन–सानेपा बिगमार्ट–ठाडो ढुंगा–सरस्वती मन्दिर–भनिमण्डल हुँदै जावलाखेलमा पुगेर सम्पन्न गरिएको छ ।