शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • मुगु भीई गुरादेउताको नवमी मेला सुरु

मुगु भीई गुरादेउताको नवमी मेला सुरु

  • बिहिबार, भदौ २७, २०८१
मुगु भीई गुरादेउताको नवमी मेला सुरु

मुगु—सोरु गाउपालिका स्थित भीई गुरा देउताको नवमी मेला आज देखि सुरु भएको छ ।
करिव १३ औं शताब्दी अघि देखि भीई गाउमा गुरा देउताको नवमी मेला प्रारम्भ हुदै आएको वडाअध्यक्ष सिहबहादुर धामीले बताए ।देउताको नवमी मेलालाई भब्य सब्य गर्न वडा कार्यालयले युवालाई स्वयम सेवकको रुपमा परिचालन गरेको उनको भनाई छ ।दुई दिन सम्म संचालन हुने नवमी मेला हेर्न बिभिन्न गाउ बस्ती बाट धामी डाङग्री भक्तजनको घुइचो लाग्ने गरेको छ । हिजोआज भीई ८ वटा गाउमा नवमी मेलाले गर्दा चहलपहल छाएको छ । स्थानीय पहिरनमा गाउका महिला पुरुष युवायुवतीहरु चिटिक्क देखिने गरेका छन ।भीई गाउका स्थानीयले घर आगन सेतो र रातो माटोले लिपपोत गरि टल्काएका छन । मेला हेर्न आएका भक्तजनलाई खान बस्न सुत्न ब्याबस्था मिलाईएको वडा अध्यक्ष धामीको भनाई छ ।

नवमी मेलामा महिला पुरुष युवायुवतीले रातभर देउडा खेलेर रमाइलो गर्ने गरेका छन .बिहानपख गुरा,समइजु, काले भवानी लगायत धामी झाक्री नाच्ने गरेका छन । नवमी मेलामा सबै भन्दा उत्कृष्ट र दमाहा बाजा देखिने गरेका छन । तीन दर्जन भन्दा बढी दमाहा बाजा जम्मा हुने गरेका छन ।नवमी मेलाको पहिलो दिन दमाहा बाजाको प्रतिस्पर्धा हुने गरेको छ ।

नवमी मेलामा बिभिन्न खेलकुद कार्यक्रम पनि संचालन गर्ने गरिएको छ ।गुरा देउतालाई भाकल पुरा गर्न र चिताएको मनोआकाक्षा पुरा होस भन्ने हिसावले टाढा टाढा बाट भक्तजन नवमी मेला दर्शन गर्न आउने गरेका छन । गुरा देउतालाई बोका घण्ट अक्षेता चढाएर मनोआकाक्षा पुरा हुने बिश्वास रही आएको छ ।यो चालु आर्थिक बर्षमा संघीय सरकार बाट भीई गुरा देउताको ऐतिहासिक मन्दिर जीर्णेद्धारको निम्ति बजेट ब्याबस्था गरिएको छ । जिल्ला सदरमुकाम गमगढी बाट भीई गाउमा पुग्न जीप मोटर साइकलद्धारा करिव ४ घण्टा समय लाग्ने गरेको छ  .सडक यातायात पुगेपछि भईि गुरा देउताको नवमी मेला हेर्न भक्तजनलाई सहज भएको ।

 

चर्चामा

सम्बन्धित समाचार