बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • प्रदेश
  • कोप २९ मा नेपालको महत्वपूर्ण सहभागीता रहनेछ ः वनमन्त्री शाही

कोप २९ मा नेपालको महत्वपूर्ण सहभागीता रहनेछ ः वनमन्त्री शाही

  • बुधबार, कार्तिक ७, २०८१
कोप २९ मा नेपालको महत्वपूर्ण सहभागीता  रहनेछ ः वनमन्त्री शाही

काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले अन्तराष्ट्रिय सम्मेलन कोप २९ मा नेपालको सहभागीता महत्वपूर्ण हुने बताउनु भयो ।
बुधबार चन्द्रागिरीमा जलवायु परिर्वतन ब्याबस्थापन महाशाखाद्धारा आयोजित कोप सम्मेलनमा सहभागीलाई कसरी प्रस्तुत गराउने भन्ने बिषयको तालिममा मन्त्री शाहीले जलवायु परिर्वतनको सम्मेलन एक महत्वपूर्ण मञ्च हुने जहा विश् कोप सम्मेलनमा नेपालको सहभागीता महत्वपूर्ण हुने र जहा विश्वका देशहरु ज्लवायु संकटका समस्याहरुलाई समाधान गर्न केन्द्रीत हुने छन ।
उक्त सम्मेलनमा हामीले बिशेष ध्यान दिनु पर्ने कुरा मध्येमा नेपाल जस्ता जलवायु परिर्वतनले गम्भिर असर पारिरहेको देशहरुको आबश्यकता हो उहाको भनाई छ । मन्त्री शाहीका अनुसार यस पटकको कोप सम्मेलनमा बिशेष छलफल हुने जलवायु बित्तको बिषयमा हाम्रा लागि बिशेष महत्व रहने छ । बित्तिय सहयोग बिना बिकसिल देशहरुलाई जलवायु संकट संग लडन सहज हुने छैन ।
हामीले तापक्रम बृद्धिलाई १.५ डिग्रीमा सिमित गर्ने प्रयासमा पनि ध्यान दिनुपर्छ मन्त्रीले भने लक्ष्यलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो उर्जा श्रोत अबलम्बन र कार्वन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ । कोष २९ मा नेपालका लागि धेरै बिषयहरुमा छलफल र निर्णय हुनेछन । जलवायु संकट जंग जुद्धन शसक्त आवाज उठाइने मन्त्रीको भनाई छ ।
कोप २९ लाई नै लक्षित गरि कार्तिक ३ र ४ गते मन्त्रालय र साथसाथै नामक संस्थाको संयुक्त आयोजनामा मुगुको रारामा कोपको पूर्व तयारी जलवायु परिर्वतन कार्यशाला महत्वपुर्ण भएको उहाले बताउनु भयो ।
उक्त कार्यशाखामा सहभागी जनप्रतिनिधि स्थानीयले जलवायु परिर्वतनको असरले अन्नबाली उब्जनी ह्रास पानीका मुहान सुक्दै गएको हिउ कम पर्न थालेको जस्ता बिषय उठान गरेको मन्त्री शाहीले जानकारी गराउनु भयो
सोही कार्यक्रममा राज्यमन्त्री रुपा बिकले कोप सम्मेलनमा नेपालले महत्वपूर्ण मुद्दा उठाउनु आबश्यक देखिएको बताइन । जलवायु परिर्वतनको असरले नेपालले समाना गरिरहेको उहाको भिनाई छ । बिकसित देशहरुले बित्तिय र प्रबिधि सहयोग गरेर बिकासशील देशहरुको जलवायु मैत्री योजनाहरु कार्यन्वयन गर्नमा मदत्त पर्नु पदर्छ राज्यमन्त्रीको भनाई रहेको छ । चन्द्रागिरीमा आयोजित सो तालिममा कार्यक्रममा मन्त्रालयका सचिव संघ सस्थाका प्रतिनिधिहरु सहभागी रहेको र उक्त तालिमा तीन दिन सम्म संचालन हुने जलवायु परिर्वतन ब्याबस्थापन महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार