आइतवार, चैत्र २२, २०८२
आइतवार, चैत्र २२, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • नयाँ शैक्षिक सत्र बैशाखमै पाठयपुस्तक बिद्यालयमा पुरयाइने

नयाँ शैक्षिक सत्र बैशाखमै पाठयपुस्तक बिद्यालयमा पुरयाइने

  • आइतवार, चैत्र २२, २०८२
नयाँ शैक्षिक सत्र बैशाखमै पाठयपुस्तक बिद्यालयमा पुरयाइने

काठमाडौ —नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले देशभर पाठ्यपुस्तक वितरण कार्यलाई तिव्रता दिएको छ । चैत १६ गतेदेखि सुरु भएको वितरण अभियान अन्तर्गत पहिलो पाँच दिनमै २५ लाख थान पुस्तक बिक्री भइसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार, शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीको हातमा पुस्तक पु¥याउने लक्ष्यका साथ उत्पादन सकेर हाल धमाधम वितरण कार्यलाई तिब्रता दिइएको छ । बिगत बर्षहरु अझै यस बर्ष पनि बिद्यार्थीको हात पाठयपुस्तक दिने उदेश्यका साथ जनक शिक्षा सामाग्री केन्द्रले धमाधम काम गरि रहेको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलले भक्तपुर स्थित जनक शिक्षा सामाग्री केन्द्रको प्रेस र कार्यालयको अवलोकन गरि कर्मचारीलाई पाठयपुस्तक बितरण कार्यलाई तिब्रता दिन निर्देशन दिनु भएको छ । जनक शिक्षा सामाग्री केन्द्रले मन्त्री समक्ष यो बर्ष समयै पाठयपुस्तक बिद्यालयमा पुग्ने गरि कार्य भई रहेको जनाएको छ ।
माथिल्लो कर्णालीका पहाडी जिल्ला मुगु, हुम्ला, डोल्पा, जुम्ला पनि यो बर्ष समयमै पाठयपुस्तक बिधार्थीको हातमा पुग्ने अपेक्षा गरिएको छ । बिगत बर्षहरु देखि सरकारले बिद्यालय भर्ना अभियान लगत पाठयपुस्तक बिद्यालयमा पुरयाउन थालेको शिक्षकको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार