शुक्रबार, बैशाख ४, २०८३
शुक्रबार, बैशाख ४, २०८३
  • होमपेज
  • समाज
  • आज वैशाख कृष्ण औँसीः आमाको मुख हेर्ने पर्व देशभर हर्षउल्लासका साथ मनाइदै

आज वैशाख कृष्ण औँसीः आमाको मुख हेर्ने पर्व देशभर हर्षउल्लासका साथ मनाइदै

  • शुक्रबार, बैशाख ४, २०८३
आज वैशाख कृष्ण औँसीः आमाको मुख हेर्ने पर्व देशभर हर्षउल्लासका साथ मनाइदै

काठमाडौ—आज वैशाख कृष्ण पक्ष औँसी अर्थात आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा पूर्वक मनाइदै छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्व मनाइने गरिन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई नया लुगा लगाउने र मीठा खानेकुरा खान दिई दोग दर्शन गरि आर्शीबाद लिने चलन छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान एवं कष्टकर काम सम्झने गर्दछन् । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको ज्योतिषीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार