काठमाडौ —काठमाडौ महानगरपालिककी कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौको मुटुमा रहेको असन बजार हाम्रो पहिचान र इतिहासको धरोहर भएको बताउनु भएको छ । । हरेक शनिबार असन सवारी साधन निषेध अभियानको आज उदघाटन गर्दे मेयर डंगोलले यो असन बजारमा बिभिन्न क्रियाकलाप हुने ठाउ हो, यहा धार्मिक मठमन्दिरहरु रहेका छन । असन बजारमा एक छिन आनन्द बस्यो भने बिभिन्न पसलाको बास्ना अउछन उनले भनिन टाढा टाढा बाट मानिसहरु आएर किनमेल गर्ने ठाउ पनि हो ।
शहर भनेको गाडीको लागि मात्र होइन आनन्द हिडेर जान सकिने ठाउ पनि असन रहेको उनको भनाई छ । असन बाज्या अजीको लागि आराम गर्ने ठाउ पनि हो साना साना नातीहरुका लागि हिडडुल गर्ने ठाउ हो , कार्यवाहक मेयर । र्डगोलले बताइन ।कार्यवाहक मेयर डंगोलका अनुसार असनलाई ’छ वटा सडकको चोकका रूपमा चिनिन्छ । यहाँबाट इन्द्रचोक, जमल, केलटोल, भोटाहिटी, र कम्पुकोटतर्फ जाने सडकहरू जोडिएका छन् ।
यो काठमाडौँको सबैभन्दा व्यस्त र मानिसहरूको बाक्लो चहलपहल हुने क्षेत्र भएको उनको भनाई छ ।
असन परापूर्व कालदेखि नै काठमाडौँको मुख्य व्यापारिक नाकाको रूपमा रहिआएको छ । लिच्छविकालीन समयदेखि नै यसलाई व्यापारिक र केन्द्र मानिन्छ । यहाँका गल्लीहरूले मल्लकालीन सभ्यताको झझल्को दिने ठाउ“को रुपमा चिन्ने गरिएको छ । काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन भेहिकल फ्रि असन’ र जीवन्त र समृद्धि असनको मौलिक पुनरुत्थान अभियान धार्मिक तथा सांस्कृति तथा ब्यापार मेला क्रियाकलाप सुरु गरिएको छ ।