शुक्रबार, बैशाख २५, २०८३
शुक्रबार, बैशाख २५, २०८३
  • होमपेज
  • समाज
  • रिता फाउण्डेसनद्धारा पाँच युवा महिलालाई सम्मान

रिता फाउण्डेसनद्धारा पाँच युवा महिलालाई सम्मान

  • बिहिबार, बैशाख २४, २०८३
रिता फाउण्डेसनद्धारा पाँच युवा महिलालाई सम्मान

काठमाडौ —रिता फाउण्डेसनद्धारा आज काठमाडौमा ५ जना युवा महिलालाई गरिएको छ । रिता परियारले आफनो जन्मदिनको अवसरमा आफनो फाउण्डेसन मार्फत ५ जना युवा उद्यमीलाई सम्मान गर्नु भएको  हो ।
संर्घषण बाट सफलतासम्म साहस र दृढ संकल्पका साथ कठिनाईलाई सफलतामा रुपान्तरण गरेका ५ युवा महिलाई सम्मान गरिएको रिता फाण्डेसनले जनाएको छ ।
उक्त सम्मान गरिएको युवा महिलाहरुमा मनिषा महर्जन, अनु गान्धारी, अभिप्सा प्रसाई, जयती तामाङ र रजिया बानु रहेकी छन ।

संघर्ष बाट सफलता सम्मको उनीहरूको यात्रा साहस, दृढ संकल्प र प्रेरणाको कथा हो रिता परियारले भन्नुभयो हामी उनीहरूको साहस र उपलब्धिलाई सम्मान गर्दै गर्वका साथ तिनै अदम्य यात्राहरूको हार्दिक उत्सव मनाउँदैछौं । बिशेष गरेर ग्रामिण भेगका युवालाई प्राथमिकताा दिएर शिक्षा जनचेतना अभिबृद्धिमा कार्य गर्ने फाउण्डेसनको मुख्य उदेश्य रहेको छ । लामो समय सम्म लण्डनमा बसेर नेपाल फर्किएकी रिताले फाउण्डेसन स्थापना गरि युवा लक्षित कार्यमा अग्रसर देखिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार