काठमाडौ —भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजा बमोजिम ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन ।बोर्डका अनुसार उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्। यसैगरी २.८० देखि ३.२० जीपीएस् ९४,२२२ जना ,२।४० देखि २.८० जीपीएस् ५५,९७७ जना, २.०० देखि २.४० जीपीएस् ५,१९० जना ,१.६० देखि २.०० जीपीएस् ७ जना रहेका छन् ।
यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए ।
सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरेर नतिजा सार्बजनिक गरेको हो ।