सोमवार, अशोज ५, २०८३
सोमवार, अशोज ५, २०८३
  • होमपेज
  • समाज
  • मुगु सोरुका ललि कार्कीको वीर अस्पतालमा उपचार, आर्थिक सहयोगको आग्रह

मुगु सोरुका ललि कार्कीको वीर अस्पतालमा उपचार, आर्थिक सहयोगको आग्रह

  • सोमवार, अशोज ५, २०८३
मुगु सोरुका ललि कार्कीको वीर अस्पतालमा उपचार, आर्थिक सहयोगको आग्रह

काठमाडौ — मुगु जिल्लाको सोरु गाउँपालिका–६, सोरुकोट रोकायाबाडाका ४० वर्षीय ललि कार्की घाँटीको गम्भीर समस्याका कारण काठमाडौंस्थित वीर अस्पतालको आईसीयूमा उपचाररत छन्।

लामो समयदेखि घाँटीसम्बन्धी समस्याबाट पीडित कार्कीलाई परिवारले उपचारका लागि काठमाडौं ल्याएर वीर अस्पतालमा भर्ना गरेका हुन्। चिकित्सकको निगरानीमा उनको वीर अस्पतालको नयाँ भवनस्थित आईसीयूमा उपचार भइरहेको छ।

कार्कीको घाँटीसम्बन्धी समस्या लामो समयदेखि रहे पनि आर्थिक अभावका कारण नियमित तथा पर्याप्त उपचारमा समस्या हुँदै आएको आफन्तले बताएका छन्।
यसअघि पनि उनी उपचारका लागि भारत पुगेका थिए। भारतमा उपचार गराउँदा करिब ७ लाख रुपैयाँ खर्च भएको आफन्तको भनाई छ।

हाल कार्कीको उपचारमा दैनिक ठूलो रकम खर्च भइरहेको छ। उनको औषधिका लागि मात्रै दैनिक १७ हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको उपचारमा सहयोग गरिरहेका अक्कल बुढाले बताए। उपचार सुरु गर्ने क्रममा समेत रकम अभाव भएपछि मोबाइल फोन धरौटी राखेर पैसा सापटी लिई औषधि खरिद गर्नुपरेको उनले सुनाए ।

कार्कीको जटिल अवस्था र परिवारको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै सोरु गाउँपालिकाका शाही युवा शक्ति नेपालका महामन्त्री एवम अभियन्ता रेशमचन्द मल्ल र अर्का रोयर समरसहितले ‘ललि कार्की बचाउ अभियान’ सञ्चालन गर्दै आर्थिक सहयोग जुटाउन पहल गरिरहेका छन्।
विभिन्न निकाय तथा मनकारी व्यक्तिहरूलाई उपचारका लागि सहयोग गर्न उनीहरूले आग्रह गरेका छन्।

उपचारका क्रममा कार्कीका भान्जा कविराज रोकाया  समेत बिरामी परेका छन्। ललि कार्कीको उपचारका लागि काठमाडौं आएका कविराजको अचानक आन्द्रा फुटेपछि वीर अस्पतालमै शल्यक्रिया गरी उपचार भइरहेको बताइएको छ।

आईसीयूमा रहेका ललि कार्कीको हेरचाह, औषधि खरिद, रिपोर्ट ल्याउने–लैजाने तथा अस्पताल र अन्य पक्षसँग आवश्यक समन्वयको काम अक्कल बुढाले गरिरहेका छन्। आर्थिक सहयोग जुटाउने अभियानबाट हालसम्म करिब १ लाख रुपैयाँ संकलन भएपछि उपचारमा केही सहज भएको बुढाले जानकारी गराए ।

हाल आईसीयूमा उपचाररत कार्कीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको आफन्तले बताएका छन्। कार्कीको उपचारमा मात्र करिव ७ लाख अनुमान गरिएको बुढाले सुनाए । मृत्यू संग लडिरहेका बिरामी ललिको उपचार अझै जारी रहेकाले आर्थिक सहयोगको लागि मनकारी ब्यक्ति निकायसंग परिवारले आग्रह गरेका छन ।

बिरामी कुरुवा अक्कल बुढा
सम्पर्क नम्बर ९८६४९६१७८८

चर्चामा

सम्बन्धित समाचार