शुक्रबार, कार्तिक २१, २०८३
शुक्रबार, कार्तिक २१, २०८३
  • होमपेज
  • News
  • प्रधानमन्त्री शाहद्धारा सुरक्षा निकायका प्रमुखसंग ब्रिफिङ

प्रधानमन्त्री शाहद्धारा सुरक्षा निकायका प्रमुखसंग ब्रिफिङ

  • बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री शाहद्धारा सुरक्षा निकायका प्रमुखसंग ब्रिफिङ

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ। प्रधानमन्त्रीज् आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिनुभएको हो।
साथै, प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

चर्चामा

सम्बन्धित समाचार