सोमवार, कार्तिक २४, २०८३
सोमवार, कार्तिक २४, २०८३
  • होमपेज
  • समाज
  • मुगु छायाँनाथ राष्ट्रिय निकुञ्जका कर्मचारीद्धारा फिल्ड अनुगमन सुरु

मुगु छायाँनाथ राष्ट्रिय निकुञ्जका कर्मचारीद्धारा फिल्ड अनुगमन सुरु

  • सोमवार, कार्तिक २४, २०८३
मुगु छायाँनाथ राष्ट्रिय निकुञ्जका कर्मचारीद्धारा फिल्ड अनुगमन सुरु

मुगु —नेपालकै कान्छो मुगुको दोश्रो छायाँनाथ राष्ट्रिय निकुञ्जका कर्मचारीले पहिलो पटक मध्यवर्ती क्षेत्रको निरिक्षण तथा अनुगमन गरेका छन । निकुञ्जको कार्यालय स्थापना संगै कामकाज सुरु भएपछि कर्मचारीहरु फिल्ड प्रस्थान गर्नु सुरु गरेका छन ।निकुञ्ज प्रमुख एवं संरक्षण अधिकृत विष्णु रोकायाको नेतृत्वमा निकुञ्जका कर्मचारी टोलीले निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रको स्थलमार्ग हुँदै विस्तृत फिल्ड निरीक्षण तथा अनुगमन  गरेका छन ।

निकुञ्ज प्रशासनको टोलीले तिहारबगर, किम्री हुँदै निकुञ्जको मध्यवर्ती क्षेत्रका विभिन्न संवेदनशील र बस्तीयुक्त भूभागहरू अनुगमन गर्दै कार्ती गाउँसम्म पुगेको निकुञ्ज प्रमुख बिष्णु रोकायाले जनाए । निरिक्षणको क्रममा कर्मचारी टोलीले निकुञ्जको बारेमा स्थानीयलाई जानकारी दिएका थिए ।

रोकायाका अनुसार यस निरीक्षण यात्राको प्रमुख उद्देश्य निकुञ्ज क्षेत्र र मानव बस्तीबीचको सहअस्तित्व लाई मजबुत बनाउनु, मध्यवर्ती क्षेत्रका बासिन्दाहरूका समस्या तथा गुनासोहरू सुन्नु, र वन तथा वन्यजन्तु संरक्षणका लागि अपनाइएका उपायहरूको प्रभावकारिताको मूल्याङ्कन गर्नु रहेको थियो ।
सो अवसरमा स्थानीय बासिन्दाहरूले निकुञ्ज प्रशासन र स्थानीय जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा वन्यजन्तुबाट हुने सम्भावित क्षति र त्यसको न्यूनीकरणका उपायहरूका बारेमा आफ्ना जिज्ञासा र सुझावहरू राखेका थिए। ्

पूर्ववनमन्त्री ऐनबहादुर शाहीको बिशेष पहलमा स्थापना भएको छायाँनाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना संगै नियमित कामकाज अघि बढेको छ । एक जिल्लामा दुई वटा निकुञ्ज भएको जिल्ला मुगु हो । रारा राष्टिय निकुञ्ज र छायाँनाथ राष्ट्रिय निकुञ्ज गरि दुई वटा निकुञ्ज रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार