मङ्लबार, कार्तिक २५, २०८३
मङ्लबार, कार्तिक २५, २०८३
  • होमपेज
  • News
  • टाइम म्यागजिनको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा अर्थमन्त्री वाग्ले

  • सोमवार, कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा अर्थमन्त्री वाग्ले

काठमाडौ —अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेको छ ।
टाइमले सार्वजनिक गरेको ‘जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व–२०२६’ सूचीमा वाग्लेको नाम समावेश छ। वाग्लेलाई सूचीमा समावेश गर्नुको एउटा प्रमुख आधार जलवायु संकटबाट नेपालले भोगिरहेको क्षति र त्यसको क्षतिपूर्तिका लागि उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको पहल हो।

टाइममा प्रकाशित उनको परिचयमा गत अगस्टमा हिमाली क्षेत्रमा चट्टान र हिउँको हिमपहिरोपछि आएको बाढीले नेपालमा १,५०० भन्दा बढी मानिसको ज्यान लिएको र हजारौँलाई विस्थापित बनाएको घटनालाई उल्लेख गरिएको छ।
विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा तुलनात्मक रूपमा न्यून योगदान गर्ने नेपालजस्ता विकासोन्मुख देशले जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेप्नुपरेको वास्तविकतालाई उक्त परिचयमा औँल्याइएको छ।

विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान र नीतिनिर्माणमा संलग्न वाग्ले पछिल्लो समय निर्वाचित राजनीतिज्ञका रूपमा सक्रिय छन । टाइमको सूचीमा वाग्लेसँगै बेलायती राजकुमार विलियम, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन लगायत व्यक्तित्व समेटिएका छन्।

चर्चामा

सम्बन्धित समाचार