काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडदै छन । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा आमनेसामने हुन लागेका हुन् । लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो । यता, लुम्बिनी भने गत संस्करणको उपाधि विजेता टोली हो । त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनल प्रवेशसँगै आफ्नो दाबेदारी बलियो बनाउने अवसरका रूपमा रहनेछ ।