मङ्लबार, मंसिर २, २०८३
मङ्लबार, मंसिर २, २०८३
  • होमपेज
  • News
  • कांग्रेस देउवा पक्षको सातै प्रदेश अधिवेशनको मिति सार्वजनिक, उदघाटन गर्न देउवा जाने

कांग्रेस देउवा पक्षको सातै प्रदेश अधिवेशनको मिति सार्वजनिक, उदघाटन गर्न देउवा जाने

  • मङ्लबार, मंसिर २, २०८३
कांग्रेस देउवा पक्षको सातै प्रदेश अधिवेशनको मिति सार्वजनिक, उदघाटन गर्न देउवा जाने

काठमाडौं— नेपाली कांग्रेस देउवा पक्षले सातै प्रदेशको अधिवेशनको मिति सार्वजनिक गरेको छ । पार्टीको महाधिवेशन अघि नै प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार मंसिर ५ गते गण्डकी, ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोशी र १९ गते बागमती प्रदेशको अधिवेशन हुने भएको छ ।
सातै प्रदेश अधिवेशनको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफैं सहभागी हुने कांग्रेस देउवापक्षले जनाएको छ ।

उनका अनुसार हालसम्म ४८ जिल्लाको अधिवेशन तथा १४० क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। बाँकी अधिवेशन पनि महाधिवेशनअघि नै सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ।

‘कार्यतालिका अनुसार नै महाधिवेशन प्रक्रिया अघि बढेको छ। महाधिवेशनअघि नै जिल्ला र प्रदेश अधिवेशन सक्नेगरी काम अघि बढाइएको छ ।प्रदेश अधिवेशनको मिति सार्वजनिक भएसँगै देउवा पक्षले महाधिवेशनअघिका संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। सातै प्रदेशमा देउवाको उपस्थितिमा अधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार