बुधबार, पुस १७, २०८१
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • प्रदेश
  • वनमन्त्रीद्धारा मुगु भीई गुरा देउताको मन्दिर शिलन्यास

वनमन्त्रीद्धारा मुगु भीई गुरा देउताको मन्दिर शिलन्यास

  • बुधबार, मंसिर १९, २०८१
वनमन्त्रीद्धारा मुगु भीई गुरा देउताको मन्दिर शिलन्यास

काठमाडौ । नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मुगु भीई प्रशिद्ध गुरा देउताको मन्दिर शिलन्यास गर्नु भएको छ । जिल्ला भ्रमणको सिलसिलामा बुधबार दुर्गम बस्ती भीई गाउ पुगेर मन्त्रीले प्रशिद्ध गुरा देउताको मन्दिर शिलन्यास गर्नु भएको हो ।

प्राचिन धार्मिक पौराणीक ऐतिहासिक महत्व रहेको गुरा देउता मन्दिर अब आधुनिक कलात्मक शैलीमा निर्माण कार्य अघि बढाउन मन्त्रीले धामी डन्ग्री र स्थानीयलाई सुझाव दिएका छन । करिव १३ औ शताब्दी अघिको उक्त मन्दिर जीर्ण हुदै गएपछि वनमन्त्रीको पहलमा यो चालु आर्थिक बर्षमा स)घीय सरकार वाट १ करोड भन्दा बढी बजेट बिनियोजन गर्न लगाए पछि मन्दिर जीर्णेद्धारको काम अघि बढेको छ । धेरै समय पछि गुरा देउताको मन्दिर जिर्णेद्धार हुन थालेपछि भीई गाउका धामी डान्ग्री र सर्वसाधारण स्थानीय खुशी भएका छन ।

सिमित भीई गाउका स्थानीय मात्र नभएर गुरा देउता प्रति आस्थावान स्थानीयको मनमा खुशी छाएको । धेरै बर्ष पछि गुरा देउताको मन्दिर जीर्णेद्धार हुन लागेको सोरु गाउपालिका ३ भीई गाउका वडाअध्यक्ष सिहबहादुर धामीको भनाई छ । उनले भने १३ औ शताब्दी अघिको गुरा देउताको मन्दिर डिपीआर बमोजिम कलात्मक त।िरकाले निर्माण गरिने गरिने छ । हरेक बर्षको भदौ देखि असोज महिना भित्र पनेै नवमी मेलामा बिभिन्न जिल्ला गाउबस्ती बाट भक्तजनको घुइचो लाग्ने गरेको छ । चिताएको वर प्राप्त हुन्छ भन्ने हेतुले टाढा टाढा बाट भक्तजनहरु नवमी मेलामा बोका भृटी घण्ट अक्षेता बोकेर दशैन गर्न आउने गरेका छन । मन्दिर शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर कार्की, सोरु गाउपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीको सहभागी रहेको थियो

चर्चामा

सम्बन्धित समाचार