
काठमाडौ —दसैं टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको पञ्चांग निर्णय समितिले जनाएको छ । बिदेश दिल्लीमा भने बिहान ११ बजेर ४९ मिनेटको उत्तम साइत मानिएको छ । समितिका अनुसार, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११ः२५, जापानको टोकियोमा अक्टोबर २ को ११ः३१, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ को ११ः४३, पोर्चुगलको लिस्बनमा अक्टोबर २ को ९ः२३, बेलायतको लन्डनमा अक्टोबर २ को ९ः१७ मा शुभसाइत छ । आज देखि वडादसैंको घटस्थापना सुरु भएको छ । घटस्थापनाको दिनमा स्थानीयले घरघरै जमरा राख्ने र देबिको पुजापाठन गर्ने गरेको छ ।