काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह वालेनले जलवायु परिवर्तनका कारण भोग्नु परेको बिपत्त सम्बन्धमा अन्तराष्टिय समक्ष बलियो गरि प्रस्तुत गर्नु पर्ने बेला आएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले ’विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रको हिम चट्टानले, हिमपहिरोबाट सिर्जित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन ।
विपद्पछि नागरिकको ज्यान जोगाउन सरकार हरसम्भव प्रयासमा जुटिरहेको बताएका छन । प्रधानमन्त्री शाहले हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्क बिहिन रहेको छन ।
भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिको परिणाम भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता जोखिम झन् बढ्दै गएको प्रधानमन्त्रीको भनाई छ ।
उनले जलवायु परिवर्तनले निम्त्याउने विपद्का विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष थप सशक्त रूपमा आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
जलवायु परिवर्तन विश्वव्यापी योगदानको परिणाम हो र यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो प्रधानमन्त्री शाहको भनाई छ । सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार र घरबारविहीनको पुनस्र्थापनाको काम सरकारले निरन्तर अघि बढाउने प्रधानमन्त्री शाहले बताउनु भयो ।