भक्तपुर —नेपाली काग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिउ पग्लिर्दै जादा सेता हिमाल काला देखिन थालेको बताउनु भएको छ ।
बुधवार भक्तपुरमा १३३ औ बिपी जयन्तीकाृे अबसरमा आयोजत कार्यक्रममा सम्बोधन गर्दै देउवाल पछिल्लो समय विश्वभर तापक्रम बढिरहेको, समुन्द्री सतहसमेत उक्लिँदै गएको र ग्लोबल वार्मिङका कारण विभिन्न क्षेत्रमा प्राकृतिक बिपत्त निम्तिएको बताएका छन ।
तापक्रम र समुन्द्री सतह बढिरहेको छ, त्यसको असर नेपालमा पनि स्पष्ट देखिन थालेको र हाम्रा हिमालहरूमा हिउँ घट्दै गएको छ, कतिपय हिमाल काला देखिन देउवाले बताउनुभयो । सिमित नेपाललाई मात्र होइन, सम्पूर्ण विश्वलाई जलवायु संकटबाट जोगाउन हामी सबैले मिलेर काम पर्ने बेला आएको उहाको भनाई रहेका छ ।
नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि विश्वव्यापी रूपमा अभियान सञ्चालन गर्नुपर्ने देउवाले भने हिमालमा हिउँ घट्दै जानु जलवायु परिवर्तनको गम्भीर संकेत देखा पर्न थालेका छन ।
देउवाले भोटेकोशी रसुवा बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गनर्स भएको छ ।