काठमाडौ —नयाँ वर्षसँगै काठमाडौँमा वाइफाइ सेवासहितका रात्रि बस सेवा सुरु गरिएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुल्चोकबाट सुरु गरिएको काठमाडौ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्यमा समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा रात्रि बस सेवा प्रारम्भ गरिएको छ । रात्रिकालिन बस सेवालाई दिगो बनाउँछौँ, विहानी बस सेवा प्रारम्भ गर्छौँ कार्यवाहक प्रमुख डंगोलको भनाई छ । यो सेवाले गर्दा राति आउजाउ गर्ने यात्रुलाई गन्तब्य पुग्न सहज भएको छ । तस्विर काठमाडौ महानगरपालिका