शुक्रबार, बैशाख १८, २०८३
शुक्रबार, बैशाख १८, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • वैशाख शुक्ल पूर्णिमा आज बुद्ध जयन्ती मनाइदै

वैशाख शुक्ल पूर्णिमा आज बुद्ध जयन्ती मनाइदै

  • शुक्रबार, बैशाख १८, २०८३
वैशाख शुक्ल पूर्णिमा आज बुद्ध जयन्ती मनाइदै

काठमाडौ —आज वैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्ती मनाइदै छ । २५७०औँ जयन्ती बुद्धको पूजा, आराधना गरी मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेको हुदा नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गरिन्छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर पूजा लगायत विधि पूरा गरि बुद्ध जयन्ती मनाइने गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने चलन छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५७० वर्षअघि रुपन्देही जिल्ला स्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार